बाँकेमा ३ महिनाको सवारी दुर्घटनामा २० जनाको मृत्यु, ८ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • १८६ पटक पढिएको

बाँकेमा ३ महिनाको सवारी दुर्घटनामा २० जनाको मृत्यु, ८ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा

नेपालगन्ज । बाँके जिल्लामा कात्तिकदेखि पुस मसान्तसम्ममा सडक दुर्घटनामा परी २० जनाले ज्यान गुमाएका छन्।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको अनुसार यस अवधिमा भएका १ सयसय ३५ वटा सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको हो।

बाँके ट्राफिक प्रहरी कार्यालयले ३ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका ८ हजार ७ सय ७५ सवारीसाधनलाई कारबाही गर्दै ७५ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

तीन महिनाको अवधिमा भएका सबै दुर्घटनामा गम्भीर घाइतेको संख्या २१ पुग्दा १ सय ६५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। जसअनुसार कात्तिकमा मात्रै २० वटा दुर्घटनामा ८ जनाको मृत्यु थियो भने गम्भीर र सामान्य घाइतेको संख्या क्रमश ७ र १७ रहेको छ।

त्यसैगरी मंसिरको ४० सवारी दुर्घटनामा मृतकको संख्या ३ हुँदा गम्भीर घाइते ११ र सामान्यतर्फ ३८ जना रहेका थिए। पुसमा ७५ सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु हुँदा ३ जना गम्भीर घाइते र ६५ जना सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार पुसमा दुर्घटना र मृतकसँगै घाइतेको संख्या बढ्नुमा हुस्सु र कुहिरोको कारण रहेको छ।

जिल्ला ट्राफिक प्रहरीले पुसमा हुस्सु र कुहिरोका कारण अत्यधिक दुर्घटना भएपछि सार्वजनिक सूचना जारी गर्दै गति कम गरेर सवारी चलाउन अपिल गरेको थियो।

जिल्ला ट्राफिक प्रहरी बाँकेले ३ महिनामा ५९१ पटक ट्राफिक प्रहरी सचेतना कार्यक्रम गर्दा २९ हजार ६ सय ७७ जना लाभान्वित भएका छन् । यस अवधिमा ट्राफिक प्रहरी बाँकेले हुस्सु र कुहिरोले दुर्घटना निम्त्याउन सक्ने भन्दै सवारीको गति कम गर्न रातको समयमा सवारीसाधनमा रिफ्लेक्टभ स्टिकर टाँसेर सवारी चालाउन आग्रह गर्दै आएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस