पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने होईन, लागू योग्य बनाऊ : अर्थ सचिव घिमिरे

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ११, शुक्रबार (१ दिन अघि)
  • ५९ पटक पढिएको

पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने होईन, लागू योग्य बनाऊ : अर्थ सचिव घिमिरे

काठमाडौैंं । अर्थ मन्त्रालयका अर्थ सचिव राम प्रसाद घिमिरेले कहिले काँही पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तराष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने कुरा बारम्बार आउने गरेको भन्दै उनले पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न नमिल्ने बताएका हुन् ।

उनले भने,‘लागू नहुनुमा कहिँकतै पोलिसिमा नै कमि भएको हो कि ? कहिले काँही पपुलिजमको लागि पोलिसि घोषणा भयो तर लागू हुन योग्य खालको भएन भने त्यो लागू नहुन सक्छ । त्यसैले पोलिसिको लागू पनि घोषणा पनि गर्नुपर्छ । त्यसमा हामी सजक छौं । सामान्यतया बाहिर मानिसले भन्ने के हो भने नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने छ । पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न मिल्दैन् ।’

उनले सरकारले घोषणा गरेको कुरालाई लागू पनि गर्नुपर्छ भन्ने कुरामा आफूहरु सजक रहेको भन्दै त्यसको निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने बताए ।

उनले भने,‘सहुलियतपूर्ण कर्जालाई अहिले हामीले घोषणा गर्न थालिसकेको छौं । त्यसलाई हामी निरन्तरता दिन्छौं । किनकी सरकारले घोषणा गरेको कुरालाई लागू गर्नुपर्छ भन्ने कुरामा हामी सजक छौं । हामीले निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्छौँ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस