काभ्रे । सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान मंगलबारदेखि आफ्नो २२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रतिष्ठानले वार्षिकोत्सव तथा अभिभावक दिवसको भव्य आयोजना सहित विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य माननीय कञ्चनचन्द्र बादेले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगति प्रति प्रशंसा व्यक्त गरे । प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । वैद्यले यस शैक्षिक सत्रमा ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरिएको जानकारी दिँदै प्रत्येक विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने संस्थाको लक्ष्य रहेको उल्लेख गरे । विद्यालयका गतिविधिहरू विद्यार्थी–केन्द्रित रहेको र शिक्षामार्फत समाज रूपान्तरणमा योगदान पु¥याउने प्रतिबद्धता रहेको उनले बताए ।
कार्यक्रमका क्रममा सहायक प्रिन्सिपल मिरा मानन्धरले विद्यालयले विगत वर्षभरि हासिल गरेका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरिन् । साथै, प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे जिल्ला प्याबसनका अध्यक्ष श्याम बहादुर भुजेल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयले खेलकुद क्षेत्रमा काभ्रे जिल्लामा विशेष योगदान पु¥याउने खेलाडीहरू प्रताप वैद्य, अरुणकाजी वैद्य, सौरवराज कायस्थ, ओम प्रकाश नकर्मी, विजय सुन्दर सैंजु, राज मन्दिर श्रेष्ठ, विजय कृष्ण बादे, तथा विजय के.सी.लाई सम्मान गरेको थियो ।
विद्यालयका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै शैक्षिक सुधार गर्दै जाने विद्यालयको प्रतिबद्धता रहेको उनले बताए।
कार्यक्रमको प्रमुख आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका मौलिक नृत्य, संगीत, नाटक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो । उपस्थित अभिभावक तथा अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक, सांस्कृतिक, नैतिक तथा व्यावसायिक क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिने बताएका थिए।
विगत २२ वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गर्दै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसात् गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आइरहेको छ।
विद्यालयले शिक्षाका अतिरिक्त सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, प्रविधिमा आधारित शिक्षण प्रणालीलाई आत्मसात् गर्दै डिजिटल कक्षाको सञ्चालनलाई प्रवद्र्धन गरिएको छ।
सहकारी भावना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालयले विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । साथै, ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजनामार्फत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने कार्य भइरहेको छ।
विद्यालयले समयानुकूल तथा रोजगारमुखी पाठ्यक्रमहरू सञ्चालन गर्दै व्यावसायिक शिक्षामा विशेष ध्यान केन्द्रित गरिरहेको छ । अभिभावक दिवस कार्यक्रम शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्यको उत्कृष्ट नमूना बनेको छ ।
विद्यालय प्रशासनले अभिभावकहरूसँग निरन्तर संवाद तथा समन्वय गर्दै शिक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । शिक्षामार्फत राष्ट्र निर्माणमा योगदान पु¥याउने लक्ष्य राख्दै, आगामी वर्षहरूमा थप नवीन कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालयको योजना रहेको छ ।