राणा शासनले सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले सडक र अस्पताल : प्रधानमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन ७, बुधबार (३ हप्ता अघि)
  • १०२ पटक पढिएको

राणा शासनले सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले सडक र अस्पताल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र रहेको बताएका छन्।

उनले जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको बताउँदै प्रजातन्त्रले जनताका लागि सडक र अस्पताल बनाएको बताए।

‘राष्ट्रको समृद्धि र जनताको सुखलाई मैले परिपूर्ण लोकतन्त्र भन्ने गरेको छु । चलनचल्तीमा भनिने प्रजातन्त्रले संगठन र अभिव्यक्तिको स्वतन्त्रताको मात्र वकालत ग¥यो । परिपूर्ण लोकतन्त्रले सबैलाई अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मानमा समान पहुँचको पैरवी गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो। हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौँ।’

फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको पनि ओलीले बताए। यस दिनले योजनावद्ध विकासको थालनी गरेको र सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरूसँग कुटनैतिक सम्बन्धको शुरुवात गरेको स्मरण समेत उनले गरे।

‘समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो,’ प्रधानमन्त्री ओलीले भने।

बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले सरकारी अगाडि बढिरहेको भनाई पनि उनले राखे।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस