काभ्रेमा १६ औं राष्ट्रपती रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता सुरु

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले गरेका छ्न

काभ्रेमा १६ औं राष्ट्रपती रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता सुरु

काभ्रे :बनेपाको बुडोलमा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सव प्रतियोगिता २०८१ अन्तर्गतका खेलहरू प्रारम्भ भएका छन् । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले गरेका छ्न । प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिका खेलाडी सहभागी छन् ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  १६ औं संस्करण शुक्रबारबाट बनेपामा सुरु भएको हो। जिल्लाको १३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो।

स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए।
उनका अनुसार तेमालबाहेक १२ स्थानीय तहका विभिन्न विद्यालयका करिब ७ सय विद्यार्थी सहभागी छन्। प्रतियोगिता यही फागुन ९, १० र ११गते बनेपा र पनौतीमा सञ्चालन हुनेछ।  जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिका कार्यालयका भिम कर्माचार्यले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस