कुन्ताबेंसि /मन्डनदेउपुर नगरपालिकाले मोतियाविन्दु पहिचान तथा शल्यक्रियाका लागि निःशुल्क आँखा शिविरको सुरुवात गरेको छ । आइतबार वडा नं १ स्थित डाँडागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु गरिएको शिविर बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेकोमा नगरको १२ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । शिविरमा आँखामा मोतियाविन्दुको समस्या देखिएकाको मासुनागा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।
नगर स्वास्थ्य शाखाका प्रमुख दिपक घिमिरेका अनुसार आइतबार सञ्चालित शिविरमा ७२ जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । आँखामा समस्या देखिएकाको क्रमैसँग शल्यक्रिया गर्दै जाने शाखाले जनाएको छ । आज वडा नं २ को बालुवापाटी स्वास्थ्य चौकी तथा बिहीबार वडा नं ५ स्थित गैह्रीबिसौना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ ।