अध्यनलाई निरन्तरता दिन नपाएकाले केयूमा पुनः पढ्न पाउने


अध्यनलाई निरन्तरता दिन नपाएकाले केयूमा पुनः पढ्न पाउने

काभ्रे । विविध कारणले विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनमा समस्या भएको कारण निरन्तरता दिन नपाएकाले काठमाडौं विश्वविद्यालयमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्ने भएका छन्। काठमाडौं विश्वविद्यालय सूचना निकालेर यसबार जानकारी दिएकाे छ।

यसको लागि काठमाडौं विश्व विद्यालयले ओपन हाउस छलफलको आयोजना गर्ने भएको छ। छलफल काठमाडाैंकाे बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा फागुन १६ गते हुने छ।

विदेशी विश्व विद्यालयहरूमा विभिन्न विधा र विषयहरूमा अध्ययन गरिसकेका विद्यार्थीहरूले क्रेडिट ट्रान्सफर वा क्रेडिट संकलन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस