धुलिखेलमा बस दुर्घटना : १८ घाइते, चालक र सहचालक गम्भीर


धुलिखेलमा बस दुर्घटना : १८ घाइते, चालक र सहचालक गम्भीर

धुलिखेल/काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाका लागि छुटेको बस काभ्रेमा दुर्घटना भएको छ। धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस धुलिखेल न.पा. १० सारादा बतासेस्थित वि.पि. राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित १८ जना घाइते भएका हुन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह-चालक गम्भीर घाइते भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस