केयूमा तीन दिनभित्र उपकुलपति नियुक्त गर्न प्राध्यापकहरूको अल्टिमेटम

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • १३७ पटक पढिएको

केयूमा तीन दिनभित्र उपकुलपति नियुक्त गर्न प्राध्यापकहरूको अल्टिमेटम

काभ्रे । काठमाडौँ विश्व विद्यालय (केयू)का प्राध्यापकहरूले तीन दिनभित्रमा उपकुलपति नियुक्त गर्न अल्टिमेटम दिएका छन्।

केयू प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै तीन दिन भित्रमा उपकुलपति नियुक्त नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।

तीन दिनभित्रमा उच्च प्राज्ञिक क्षमता भएका व्यक्तिलाई उपकुलपति नियुक्त गर्न संघका सभापति डाक्टर विकास अधिकारी र महासचिव तेजेश मान शाक्यले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।

गएको माघ ६ गतेदेखि काठमाडौँ विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ। नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा विश्वविद्यालय भित्र र बाहिर विभिन्न खाले भ्रमहरू सिर्जना हुनुको साथै गैर प्राज्ञिक गतिविधि बढेको विज्ञप्तिमा भनिएको छ।

उपकुलपतिको नियुक्तिलाई राजनीतिक खिचातानीको विषय बनाउँदा विश्वविद्यालयमा प्राज्ञिक वातावरण धमिलिएको संघको आरोप छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस