जिल्ला सहकारी संघ काभ्रेको जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण तालिम

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ फागुन २६, सोमबार (२ दिन अघि)
  • १५० पटक पढिएको

जिल्ला सहकारी संघ काभ्रेको जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण तालिम

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण तालिम दिएको छ।

संघको शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको संयोजनमा भएको उक्त तालिममा जिल्लामा संचालित सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरु सहभागी थिए। उनीहरूलाई नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले प्रशिक्षण दिएका थिए।

आइतबार भएको तालिम संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङको अध्यक्षता भएको थियो। तालिममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख अतिथिका रुपमा थिए।

यस तालिममा संघका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी र सहकारी सस्थाबाट ४७ जनाको सहभागीता रहेको थियो।

तालिममा जिल्ला सहकारी संघका अध्यक्षले संघको बार्षिक कार्ययोजना अन्र्तगत रहेर आजको तालिम आयोजना गरिएको हो। यस्तै तालिम निरन्तर आयोजना गरि रहने र तालिममा सहभागीहरुले तालिमको लागी तालिम मात्र नभई तालिमबाट सिकेका ज्ञान र शिप आफ्नो कार्यक्षेत्रमा सहि सदुपयोग गर्न सक्नु पर्ने गरी लिनु पर्ने शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङले बताइन्।

ताजा अपडेट

खोजी गर्नुहोस