हल्लाले राजतन्त्र फर्किन्छ र? : सभाति देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन २६, सोमबार (२ दिन अघि)
  • ८६ पटक पढिएको

हल्लाले राजतन्त्र फर्किन्छ र? : सभाति देउवा

धनगढी फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै माहोल नभएको बताएका छन्।

उनले सोमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै हल्ला गरेर केही नहुनेसमेत बताएका छन्।

देशभर राजतन्त्रका पक्षमा माहोल बढेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा पुर्वप्रधानमन्त्री देउवाले भने,’कुनै माहोल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हो।’

साथै, गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएको बताउँदै यो गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे।

कांग्रेसको १५ औं महाधिवेशन समयमै हुने सभापति देउवाको भनाई छ। सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस