काभ्रेमा खुला बास्केटबल प्रतियोगिता हुने

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ चैत्र २१, बिहिबार (१ हप्ता अघि)
  • १४१ पटक पढिएको

काभ्रेमा खुला बास्केटबल प्रतियोगिता हुने

बनेपा । काभ्रे जिल्लाको धुलिखेलमा खुला बास्केटबल प्रतियोगिता हुने भएको छ।

काभ्रे बास्केटबल संघको आयोजनामा ३० चैतमा ‘दोस्रो अल नेपाल काभ्रे तीन–तीन खुला बास्केटबल प्रतियोगिता’ हुने भएको हो। प्रतियोगिताका व्यवस्थापक शिव थापामगरका अनुसार उक्त एकदिवसीय प्रतियोगिता काठमाडौं विश्वविद्यालयको खेलमैदानमा हुनेछ । तीन–तीनजनाको प्रतिस्पर्धा हुने प्रतियोगितामा सहभागी हुन तीन हजार शुल्क तोकिएको छ।

प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले २० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने मगरले जानकारी दिए। प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका सहित भारतीय खेलाडीहरू पनि सहभागी हुने बताइएको छ।

 

ताजा अपडेट

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस