भोलि बेथानचोक गाउँपालिकाले तीज विशेष कार्यक्रम गर्ने

  • काभ्रे खबर
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • १५४ पटक पढिएको

भोलि बेथानचोक गाउँपालिकाले तीज विशेष कार्यक्रम गर्ने

ढुंखर्क । जिल्लाको बेथानचोक गाउँपालिकाले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । भोलि भदौ १८गते ढुंखर्कमा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो ।
गाउँपालिकाको निर्णय अनुसार बागमती प्रदेशको सामाजिक बिकास मन्त्री हरि प्रभा खड्की को प्रमुख आतिथ्यता मा तिज कार्यक्रम गर्ने लागिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।वडा एक देखि छ सम्मको सबै वडाका सङ्घ संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने तय गरेको गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।
ख्यातिप्राप्त, चर्चित कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा बेथानचोक गाउँपालिकाले सहभागीताको लागि सबैमा अनुरोध गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस