रोशिको दाउनेमा बस दुर्घटना हुँदा ११ जना घाइते

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (५ दिन अघि)
  • १०० पटक पढिएको

रोशिको दाउनेमा  बस दुर्घटना हुँदा ११ जना घाइते

रोशि/बिपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर ९ दाउनेमा बस हाईससंग ठोकिँदा ११ जना घाईते भएका छन् । बिहिबार विहान काठमाण्डौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानि परेको कारण ब्रेक नलागि चिप्लिएर हाईसमा ठोकिएको थियो । मे.१ ख ३३९४ नम्बरको हाईस खाँदबारीबाट काठमाण्डौ तर्फ आउँदै थियो । घाईते मध्ये सबै बसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
हाईस गाडीलाई ठक्कर दिएर सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा बसमा सवार १५ जना मध्ये ११ जना घाईते छन् । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाईएको छ ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

खोजी गर्नुहोस