नगरकोट÷ नगरकोट भ्रमण वर्ष–२०८२’ बैशाख एक गतेदेखि सुरु भएको छ । नपाली नयाँ वर्षको अवसर पारेर बैशाख एक गतेदेखि नगरकोटमा भ्रमण वर्ष आरम्भ भएको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्ष आयोजना गरिएको हो । पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र ¥याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए । ‘नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना नगरेको मण्डन देउपुर नगरपालिकाकाम प्रमुख टोकबहादुर बाइवाले जानकारी दिनुभयो । घरेलु उत्पादनका ६० कक्ष पनि महोत्सवमा राखिएका छन । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने अपेक्षा राखिएको बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटेल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।भ्रमण वर्षमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक नगरकोट भित्रने अपेक्षा आयोजकको छ ।