नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र २३, आईतबार (२ महिना अघि)
  • १४९ पटक पढिएको

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अंकले ओरालो लागेर २७०१.९० मा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अंकले ओरालो लागेर ४७९.७२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ९.९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन्।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड ८.०७, गुडविल फाइनान्स ६.०५, डोल्टी पावर कम्पनी ४.५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन्।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस