उपसभामुख हटाउन संसदमा प्रस्ताव दर्ताको तयारी, एमाले सांसदलाई उपत्यका नछाड्न निर्देशन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (७ महिना अघि)
  • २७४ पटक पढिएको

उपसभामुख हटाउन संसदमा प्रस्ताव दर्ताको तयारी, एमाले सांसदलाई उपत्यका नछाड्न निर्देशन

पद अनुकूल आचारण नगरेको आरोपमा उपसभामुख इन्दिरा राना मगरविरुद्ध संसदमा प्रस्ताव दर्ता गर्ने तयारी भएको छ।

रानालाई हटाउने तयारी भएसँगै नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन दिएको छ।

एमाले सांसदले जनाए अनुसार पार्टीका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न भनेका छन्।

रानाले पदीय आचरणविपरित अमेरिकी दूतावासमा भिसा प्रक्रियाका लागि अमेरिका लैजान असंवन्धित व्यक्तिलाई सिफारिस गरेको तथा अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि समय अगाडी सारिदिन पत्राचार गरेको तथ्य बाहिरिएपछि अफ्ठ्यारो स्थिति उत्पन्न भएको हो। प्रायोजित रुपमा रानाले अमेरिकी दूतावासलाई पत्राचार गरेको आरोप लाग्दै आएको छ।

सांसदलाई फोन र मेसेजमार्फत खबर पठाइएको छ। उपसभामुख रानाविरुद्ध संविधानको धारा ९१ अनुरुप सत्तारुढ दलले प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेको छ।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने प्रावधान छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस