वागमती प्रदेशका कर्मचारीहरु सुध्रिनुपर्ने मुख्यसचिवको भनाइ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (२ महिना अघि)
  • १५७ पटक पढिएको

वागमती प्रदेशका कर्मचारीहरु सुध्रिनुपर्ने मुख्यसचिवको भनाइ

काभ्रेपलाञ्चोकमा स्थानीय तह र सरकारी कार्यालयहरुवाट हुने सार्वजनिक सेवा प्रवाह, विकास निर्माण कार्यक्रमहरुमा गुणस्तरीयता, प्रभावकारीता र सुशासन अभिवृद्धि गर्न कार्यालयहरुको वार्षिक कार्यक्रम सम्बन्धी अन्तरक्रिया छलफल सम्पन्न भएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव गोबिन्दबहादुर कार्कीले कर्मचारीले चाहादा सेवाग्राहीलाई खुशी हुने गरी काम गर्न सकिने बताउनुभयो । सुन्ने धैर्यता राख्न उहाँले कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । सेवाग्रही मैत्री सेवा प्रवाहमा चुस्ततता ल्याउन मुख्य सचिव कार्कीले आग्रह गर्नु भयो । कार्यक्रममा जिसस प्रमुख गौतमले यस्ता अन्तरक्रियाले समस्याको उजागरसंगै समाधानको लागि भूमिका खेल्ने बताउनुभयो ।
विकास गर्न कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुन जरूरी रहेको उहाँले बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लाको विकास निर्माणमा कार्यालय प्रमुख एवं कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रे उपप्रमुख रिम वहादुर तामाङ, जिल्ला समन्वय प्रमुख दिपक गौतमले प्रदेश र केन्द्रिय सरकारलाई स्थानीय सरकारले गरेका कार्यहरु ३÷३ महिनामा प्रतिवेदन बुझाउँदै आएको वताउनुभयो ।
पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रीराज तिमल्सिनाले तीनै तहको सरकारी कार्यालयबीचको समन्वयात्मक भूमिका निकै कमजोर रहेको बताउनुभयो । उहाँले सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पारदर्शिता र सुशासन तर्फ सबै कार्यालयले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति काभ्रेको समन्वयमा भएको अन्तरक्रिया छलफलमा जिल्लाका सरकारी कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

खोजी गर्नुहोस