जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (३ महिना अघि)
  • २७२ पटक पढिएको

जिल्ला सहकारी संघ काभ्रेको   अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पद सहित अधिकांशमा गठबन्धनले बाजी मारेको छ । जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । संघको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई हराउँदै पोटे अध्यक्ष निर्वाचित भएका हुन् । अमनले १सय ९० र राजनले १ सय ४९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शान्ती लामा, उपाध्यक्ष (महिला) मा मिरा सत्याल, सचिवमा प्रकाश वन्जारा, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा निर्वाचित भएका छन् । सञ्चालक सदस्यहरुमा पूर्ण सागर रञ्जित, मोहनकुमार श्रेष्ठ, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा शुदर्शन अधिकारि र बलराम मानन्धरले समान १ सय ५४ मत पाएपछी गोलाप्रथाबाट सुदर्शन अधिकारी विजयी घोषणा गरिएको थियो ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् । अमनको प्यानलका देवकी तिमिल्सना दाहाल महिला सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । जम्मा सदस्य ३४६ मतदाता थिए । जसमा ३४३ मत खसेको थियो । निर्वाचनमा एमाले विरुद्ध नेपाल काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनेको थियो ।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस