काभ्रेको पनौती नगरपालिका बालश्रममुक्त पहिलो नगरपालिका

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २९, शनिबार (३ महिना अघि)
  • ३०१ पटक पढिएको

काभ्रेको पनौती नगरपालिका बालश्रममुक्त पहिलो नगरपालिका

पनौती। पनौती नगरपालिका बालश्रम मुक्त घोषणा हुदै छ।
शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ )को उपस्थितिमा घोषणा गर्ने कार्यक्रम रहेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए।
शुक्रबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामशरण भण्डारीले नगरपालिका बालश्रममुक्त बालमैत्री पहिलो नगरपालिका बन्न लागेको दाबी गरेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गर्नेछन् । पनौती नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा क्रमिक रुपमा बालश्रममुक्त भएसँगै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न लागिएको हो ।

पनौती नगरपालिकाले बाल श्रमको खोजि, बालश्रमका रहेका बालबालिकाको व्यवस्थापन, शिक्षाको व्यवस्था र परिवारमा मिलनको कार्य गरेको उपप्रमुख गिता बञ्जाराले जानकारी दिईन । पनौती नगरपालिकाको बालश्रम मुक्त अभियानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओले सहकार्य गरेको छ । पनौतीमा १७ जना बालबालिका श्रममा राखेको पत्ता लागेपछि उनीहरुलाई पुनस्थापना गरिएको छ ।

पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाको बालमैत्री शाखा प्रमुख केशव वञ्जाराका अनुसार, वडा नं १ मा १ जना बालश्रमिक भेटिएकोमा उनलाई अभिभावकको जिम्मा लगाइ विद्यालय पठाइएको छ । वडा नं ४ मा २ जना बालकहरु घर फिर्ता गएको, १ जना बालक अभिभावक संगै रहेको र बिद्यालय जाने गरेको साथै श्रममा रहेको १६ बर्ष माथीको १ जना बालिका लाई बालगृहमा पुनस्र्थापना गरिएको छ । वडा नं ५ मा विद्यालय छोडेका ९ जना बालबालिकालाई श्वेत गणेश आधारभूत विद्यालयमा भर्ना गरी वडा कार्यालय बाट कपी, कलम लगायत स्टेशनरी सामाग्री व्यवस्था गरिएको छ ।वडा नं. ६ मा अनुगमनको क्रममा भेटिएका खानीखोला र बेथानचोक घर भएका २ जना बालश्रमिकलाई अभिभावकको जिम्मा लगाइएको, वडा नं ७ मा श्रममा रहेका जना ३ जना बालबालिकाहरु लाई घर परिवारमा फिर्ता पठाईएको र वडा नं ८ मा १ जना बालकलाई आफन्तको जिम्मा लगाइ घर फिर्ता गरिको छ । वडा नं १२ मा १ जना श्रममा रहेको बालिका लाई बालगृहमा पठाई पुनस्र्थापना गरिएको छ भने १७ बर्ष उमेर पुरा भएका २ जना बालबालिकालाई घर फिर्ता ल्याएर सिपमुलक तालिम प्रदान गर्ने तयारी गरिएको वञ्जाराले जानकारी दिए ।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस