पनौतीमा पशुपक्षीको नि:शुल्क बिमा

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ भाद्र ३०, आईतबार (४ दिन अघि)
  • १८२ पटक पढिएको

पनौतीमा  पशुपक्षीको नि:शुल्क बिमा

जिल्लाको पनौती नगरपालिकाले पशुपक्षीको नि:शुल्क बिमा अभियान शुरु गरेको छ आइतवार नगरपालिकाको वडा नम्बर ५ मा एक कार्यक्रमको आयोजना गरेर पशुपन्छीको नि:शुल्क बिमा सुरू गरिएको हो । नगरप्रमुख रामशरण भण्डारीले पशुपक्षीको नि:शुल्क बिमा कार्यक्रम सुरूवात गरेका थिए ।

नगरपालिकाको १२ वटै वडाहरूमा यो कार्यक्रम सञ्चालन गहुनेछ । त्यसका लागि नगरपालिकाले कर्मचारीको ब्यवस्थापन गरेर वडा-वडामा खटाईसकेको छ । यो कार्यक्रम अन्तर्गत किसानको गोठमै पुगेर सेवा प्रदान गरिने नगरप्रमुख भण्डारीले बताए ।
नगर प्रमुख भण्डारीले भने पनौती नगरपालिकाको १२ वटै वडाहरूमा किसानहरूले पालेको पशुपन्छीहरूको निशुल्क बीमाको कार्यक्रम सुरूवात गरेका छौं । यस आ.ब देखी नगरभित्रका किसानहरूले पालेका पशुको बीमा हुने र सबै पशुपालक कृषकहरूलाई यसबाट थप सहयोग हुने कुरामा विस्वास लिएकाछौं ।

नगरपालिकाले तोकिएका कर्मचारी मार्फत आफ्नो पशुपन्छीको नि:शुल्क बीमा गराउन आग्रह गरेको छ । कार्यक्रम मा नगरपालिका उपप्रमुख गिता बञ्जारा ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य , वडा अध्यक्षहरु बिनोद खत्री, मोहन बहादुर भण्डारी, भिम प्रसाद आचार्य, दिपक दाहाल ,नगरपालिकाको पशुपंक्षी शाखा प्रमुख डा. दिपिका रेग्मी लगायतको उपस्थितिमा अभियानको शुरूवात भएको बताएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस