बागमती सरकारबाट पलेशा १० लाख रुपैयाँसहित सम्मानित

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ आश्विन ३, बिहिबार (१० घण्टा अघि)
  • ९१ पटक पढिएको

बागमती सरकारबाट पलेशा १० लाख रुपैयाँसहित सम्मानित

बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोबर्धनलाई सम्मान गरेको छ। बिहीबार संविधान दिवसका अवसरमा अयोाजित कार्यक्रममा बागमती सरकारले १० लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।

सम्मान गर्नुअघि पलेशालाई हेटौंडा बजार परिक्रमा गराइएको थियो। पेरिस पारा ओलम्किपकमा पलेशा तेक्वान्दोमा नेपाललाई कास्य पदक दिलाएकी थिइन्।

यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदानले सम्मान गरिएको छ।

सोही अवसरमा गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा करातेमा नेपाललाई रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि ५ लाख रुपैयाँसहित सम्मान गरिएको छ।

प्रदेश सरकारले एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको छ।

उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृस्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए।

सम्मान कार्यक्रममा आर्थिक मामिला तथा कानुन मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस