निर्माण व्यवसायी संघ काभ्रेको १४औं साधारणसभा सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (१२ घण्टा अघि)
  • ७४ पटक पढिएको

निर्माण व्यवसायी संघ काभ्रेको १४औं साधारणसभा सम्पन्न

काभ्रे । अव्यवहारिक कानुन, अदुरदर्शी राजनितिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण समयमा नै निर्माणका काम गर्न नसकिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गुनासो गरेका छन्।

निर्माण व्यवसायी संघ काभ्रेको १४औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले अव्यवहारिक कानुन, अदुरदर्शी राजनितिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण समयमा नै निर्माणका काम गर्न नसकिएको बताए। उनले समयमा सम्पन्न हुन नसकेका रुग्ण योजना अध्ययनको लागि कार्यदल गठन गर्न सरकारलाई अनुरोध गरे।

दशैं अगावै निर्माण व्यवसायीको कामको भुक्तानी गर्न समेत उनले सरकारलाई ध्यानाकर्षण गराएका छन्। समयमै भुक्तानी गरेर समयमा नै काम गर्ने वातावरण बनाउन उनले अनुरोध गरे।

निर्माण व्यवसायीसँग विभिन्न सम्झौता गरेको सरकारले आफ्नो दायित्व पूरा नगरेको तर्क गर्दै उनले समस्या समाधान गर्न प्रतिव्द्ध्ता जनाएको २ महिना सम्म पनि पूरा नभएको गुनासो गरे।

कार्यक्रममा बाग्मती प्रदेशका पूर्वमन्त्री चन्द्र लामाले व्यवसायिक हकहितसँगै आफ्ना कर्तव्य पनि पूरा सुझाव दिए।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले निर्माण व्यवसायीे लापरवाही र गलत डिजाइनका कारण धुलिखेल–खावा सडक बन्न नसकेको बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरे। उपभोक्ता समितिमार्फत आफ्ना मान्छेलाई काम दिने कार्यले स्थानीय तहमा भ्रष्टीकरण मौलाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने उनको भनाई थियो।

निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले स्थानीय तहले निर्माण व्यवसायलाई बढी कर लिएको भन्दै उपभोक्ता समितिमार्फत निर्माण कार्य गर्दा व्यवसायी मर्कामा परेको बताए। आर्थिक मन्दी लगायतका कारणले निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसकेको भन्दै व्यवसायीका समस्याबारे कसैले नबोल्दिएको गुनासो गरे।

नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाले उपभोक्ता समितिमार्फत काम गर्दा समस्या आउन सक्ने भन्दै जनप्रतिनिधि सधै त्रासमा रहनुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकर, नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष ए. डि लामा, उपाध्यक्ष रामजि पन्त, बालकृष्ण थापा, महासचिव रोशनकुमार दाहाल, उपमहासचिव शिवहरि घिमिरे, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, केन्द्रीय सदस्य होम शर्मा आचार्य, विष्णु लामिछाने, उपेन्द्रकुमार घिसिङ, पुर्व केन्द्रीय सदस्य मंगल बहादुर शाही, बाग्मती प्रदेश अध्यक्ष छत्रबहादुर लामा, निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कडेल, काभ्रे उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, काभ्रे हेभी इक्विप्मेन्ट व्यवसायी सङ्घका अध्यक्ष प्रभुराम श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ काभ्रेका प्रथम उपाध्यक्ष दमन दोङ लगायतले निर्माण व्यवसायीका चुनौतीबारे चर्चा गरे ।

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस