वर्तमान राजनीतिक समीकरण मुलुकको हित र राजनीतिक स्थायित्वका लागि हो : नेता पोखरेल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ५, शनिबार (२ महिना अघि)
  • ९७ पटक पढिएको

वर्तमान राजनीतिक समीकरण मुलुकको हित र राजनीतिक स्थायित्वका लागि हो : नेता पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतंक फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गरे।

‘एमाले–कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसदबाटै मात्रै सम्भव छ,’ उनले भने, ‘थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छँदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ।’

दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ। देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो।

अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै नेता पोखरेलले सहकारी क्षेत्रमा संकट देखिनु वित्तीय संकटको प्रभाव रहेको बताए।

उनले सहकारीले आफ्नो नियम पालना नगर्दा यसको असर बचतकर्तामा परेको भन्दै नियमन गर्ने काममा सरकारको ध्यान केन्द्रित रहेको बताए। सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए रास्वपाका सभापति रवि लामिछानेको विषयमा गैरकानुनी रुपमा लगानी भई दुरुपयोग भएको पुष्टि भएको पोखरेलको भनाइ थियो।

ताजा अपडेट

२०८१ मंसिर ५, बुधबार

विपी राजमार्ग राती बन्द हुने

खोजी गर्नुहोस