धुलिखेलमा विपीको शालिक सभापति देउवाले गरे अनावरण


धुलिखेलमा विपीको शालिक सभापति देउवाले गरे अनावरण

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको महामानव वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् ।

‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको प्रतिमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अनावरण गरेका हुन् ।

ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।
अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी. पुत्र शसांक कोइराला, केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

ताजा अपडेट

२०८१ कार्तिक ६, मंगलबार

विवाद रुमलिएको ओली सरकारका सय दिन

२०८१ कार्तिक ६, मंगलबार

(Untitled)

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस