यही फागुन १ गतेका दिन माओबादीहरुले मनाएको जनयुद्धको बिषयमा सञ्चारकर्मीले पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईको बिचार लिने क्रममा युवा सांसद ज्ञानेन्द्र शाहीले त त्यो जनयुद्ध थिएन हिंसा थियो भनेका छन नि त भनी राखेको प्रश्नको जवाफमा डा भट्टराईले ज्ञानेन्द्र शाही भन्ने चिन्दिन र त्यस्ताको चर्चा गर्न लायकपनि छैन भनेको भिडियो हेरियो र सुनियो अनि यो जवाफ स्वभाबिकै लाग्यो।
किन कि डा.भट्टराई र ज्ञानेन्द्र शाहीमा ठुलो अन्तर छ । एउटा अत्यन्तै देशद्रोही अर्थात यो राष्ट्रको अस्तित्व समाप्त पार्न विद्रोह गर्ने नेता परेभने अर्कोचाहिँ त्यसको ठिक बिपरित यो देशको अस्तित्व रक्षाको लागि युगले जन्म दिएको नेपाल आमाको सपुत छोरा परे !
एउटा देशभक्त चर्चित युवा सांसद ज्ञानेन्द्र शाही जसले सांसद हुनुभन्दा अगाडि नै यो देशमा भएको राष्ट्रघाती काम र भ्रष्टाचारहरुको बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियान नै संचालन गरेर देशद्रोही,देश बेचुवा,बिदेशी दलाल र भ्रष्टाचारीहरुको सातो पुत्लो उडाएका थिए । दर्जनौं राष्ट्रघाती कामहरुको बिरुद्धमा सडक संघर्य गरे,आफ्नो देशको राष्ट्रिय अखण्डता, स्वतन्त्रता, सार्बभौमिकता, स्वाधिनता, बिबिध मौलिक धर्मसंस्कृति, परम्परा, सभ्यता र गौरबमय ईतिहास जोगाउनको लागि ज्यान बाजि राखेर लडिरहेकाछन यसैकारण उनलाई मार्ने प्रयासहरु भए र पटक पटक निर्घात कुटपिट समेत भयो।
स्वदेशी उत्पादन बढाउने र परनिर्भर हटाउने उपायहरु संसदमै पेश गरिरहेका छन् । दुई बर्षको अबधिमा जुम्लाको मुहार फेर्न लागिसके । भन्ने नै होभने अहिलेको संसदमा जिउंदो सांसदमा गनिन्छन ज्ञानेन्द्र शाही। अझ रोचक कुरो त बर्तमान प्रम केपी ओली पहिलो पटक प्रम हुँदा नाकाबन्दी खुलाएपछि मात्र भारत भ्रमण जान लाग्दा वहाँ ज्ञानेन्द्र शाही भारतमै सिए अध्ययनमा रहेछन र भ्रमण जान लाग्नु भएका हाम्रा प्रम ओलीलाई त्यहाँको बिदेश मन्त्रालयको सचिबले स्वागत गर्ने लागेको कार्यक्रम थाहा पाएपछि ज्ञानेन्द्र शाहीले त्यहाँ अरु नेपाली बिद्यार्थीहरुपनि जम्मा गरेर हाम्रो देश नेपाल गरिब र भौगोलिक रुपमा सानो भएपनि यो राष्ट्रको ईतिहास पुरानो भएको साथै भारतभन्दा सिनियर स्वतन्त्र राष्ट्र हो।
हाम्रो देशमा भारतीय प्रमहरु भ्रमणमा आउंदा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले स्वागत गर्छन तर हामीलाई किन हेपेको भन्ने आवाज एक बिरोध कार्यक्रम गरेरै चर्को रुपमा उठाएपछि तत्कालीन बिदेशी मन्त्री सुष्मा स्वराजबाट हाम्रो प्रम केपि ओलिलाई स्वागत गरिएको थियो। यही कुरा प्रम ओलिले थाहा पाएपछि दिल्लि स्थित नेपाली दुताबासमा भएको रात्री भोजमा यी विद्यार्थी ज्ञानेन्द्र शाहीलाईपनि बोलाउनु भएछ तर त्यहाँ भारतीयहरु र तत्कालीन नेपालका लागि भारतीय राजदुत रञ्जित रे कै अगाडि प्रम ओलिलाई काका सम्बोधन गर्दै नझुक्नु है काका साथै हाम्रो स्वाधिनता झुक्न नदिनुहोस है भनेर बोलेपछि उनको हातबाट माईक खोसिएको भन्ने सुचना प्राप्त भएको थियो।
राजा बीरेन्द्रले आफ्नो शुभराज्यभिशेकको समयमा बिश्वसामु नेपाललाई शान्ति क्षेत्र कायम गरियोस भनि प्रस्ताब राखेपछि बिश्वका ११६ राष्ट्रले समर्थन जनाए तर तत्कालीन भारतीय शासकहरुले भने असहमति जनाउने काम मात्र गरेनन कि समर्थन गरेका रुस लगायत छिमेकी राष्ट्रहरु चीन, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिप्स र श्रीलंकालाई समेत समर्थन फिर्ता गर्न लगाएपछि भारतसँग कुरा गर्नभनि तत्कालीन राजा बीरेन्द्र भारत सवारी हुँदा यीनै बाबुराम भट्टराई जहवारलाल नेहरु बिश्वबिद्यालयमा अध्ययन गर्दै रहेछन र भारतलेपनि यीनै बाबुराम भट्टराईलाई उक्साई हामीलाई शान्ति क्षेत्र चाहिंदैन भनी राजा बीरेन्द्रलाई कालो झण्डा देखाउन लगाएछन्।
त्यसपछि भारतले यही बिरोध देखाएर राजालाई जवाफमा तपाईंको नेपालीले नै शान्ति क्षेत्रको प्रस्ताब बिरोध गरेका छन्। त्यसकारण हामीले समर्थन गर्न सक्दैनौ भनेर राजा रित्तो हात फर्किएका थिए। भारत लगायत छिमेकी मुलुकले समर्थन गरेको भए त्यही साल संयुक्त राष्ट्रसंघको महासभाबाटपनि नेपाल शान्ति क्षेत्रको रुपमा पारित भई घोषणा हुने थयो।
यसरी नेपाल शान्ति क्षेत्र घोषणा भएको भए आज नेपाल स्वीजरल्याण्ड भन्दा अगाडि हुने निश्चित थियो त्यसपछि न त यहाँका कुनै हिंसा मच्चिन्थ्यो,न त बिदेशी क्रिडास्थल नै बन्थ्यो,न त हाम्रो बिबिध प्राचीन मौलिक सभ्यता तथा धर्मसंस्कृतिमाथि कतैबाट हमला हन पाउंथ्यो,न त हाम्रो राजनितिमा कुनै बिदेशी राष्ट्रको माईक्रो मेनेजमेण्ट हुनसक्थ्यो,न त सबै उद्योग धन्दा कलकारखाना र कृषि उत्पादन सिध्याएर पुर्ण परनिर्भर नै हु्न्थ्यो न त यसरी युवाजति बिदेशीन नै पर्थ्यो। बाबुराम भट्टराईहरु शान्ति प्रकृयामा आएपछि पहिलो शर्त नै भारतीयहरुलाई नेपाली नागरिकता दिलाउने थियो र सोही अनुसार २०६३ मंसिर १० मा ऐन ल्याएर ती ४० लाख भारतीयहरुलाई नेपाली नागरिकता दिलाईपनि छाडे।
२०७२ को संविधान बनाउनु अघि संबिधानसभाका सदस्यहरु आ–आफ्नो निर्बाचन क्षेत्रमा गई जनतासंगबाट लिएर आएको सुझाबको पोको खोल्न नमान्नेपनि तत्कालीन संबैधानिक समितिका सभापति यीनै डा बाबुराम नै हुन्। २०६८ मा यीनै बाबुराम प्रधानमन्त्री हुंदा एउटा स्वतन्त्र एवं सार्बभौम मुलुक हाम्रो अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थलमा भारतीय सुरक्षा राख्नेगरी मन्त्रीपरिषदको निर्णय गरेका थिए तर बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले मुद्दा हालेपछि सम्मानित सर्बोच्च अदालतले उक्त निर्णय खारेज गरेको थियो। त्यसैगरी सोही समयमा भारतको औपचारिक भ्रमणमा जाँदा आफैंसँग गएका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लाई समेत छलेर गोप्य बार्ता गरेपछि मन्त्री श्रेष्ठ रिसायर भ्रमण कार्यक्रम नसक्किंदै एक्लै नेपाल फर्केका थिए फेरि सोही समयमा अपारदर्शी बिप्पा सम्झौता गरेर आए जुन कुरा नेपालको हितमा थिएन्।
बाबुराम। प्रचण्डहरुले नेपालको चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा र नेपाल भन्ने देशको नाम नै बदल्न खोजेका थिए र अन्य दलका समाबेशी सभासद तथा केही जातीय तथा क्षेत्रीय दलहरूलाई उचालेर संसदको समितिमा झण्डै झण्डै अल्पमतमा पारि बालबाल जोगिएको अर्थात दुइमतले मात्र यो राष्ट्रिय झण्डा जोगिएको कुरा तत्कालीन संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले मिति २०७९ साल पौष १७ गते राष्ट्रिय टोपी दिबसको उपलक्ष्यमा पर्यटनबोर्ड को हलमा भएको कार्यक्रममा मलाई बताउनु भएको थियो।
त्यस्तै उनिहरुले नेपालको राष्ट्रिय पोशाक हटाउन सफल भए अनि राष्ट्रिय जनावर लगायत राष्ट्रिय चिन्हहरु बदल्न प्रयास गर्दै थिए । पृथ्वीनारायणले राष्ट्र निर्माण गरेको नभई आफ्नो राज्यबिस्तार गरेको र अधिकार खोसेको भनि सत्तोसराप गर्दै पृथ्वीनारायण काल्पनिक नाम समेत भन्छन त्यस्तै उनको धर्मपत्नी हिसिला यमीले त नेपाल राष्ट्र नै खारेज गर भन्ने नारा समेत लगाएकी थिईन अनि देशभक्त ज्ञानेन्द्र शाहीलाई कसरी चिनुन त? नचिन्नु स्वभाबिक हो।
(लेखक गिरी पूर्वसैनिक एवं सामाजिक अभियान्ता हुन्।)