११५औं अन्तर्राष्ट्रिय महिला दिवस र नमोवुद्ध नगरपालिका

  • काभ्रे खबर
  • / विचार/विश्लेषण /
  • २०८१ फागुन २२, बिहिबार (६ दिन अघि)
  • २२३ पटक पढिएको

११५औं अन्तर्राष्ट्रिय महिला दिवस र नमोवुद्ध नगरपालिका
  • तारादेवी सुनुवार

सृष्टी संचालनमा महिला र पुरुषको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । सृष्टी र समाज निर्माणमा महिला र पुरुषको समान योगदान अनिवार्य छ र त अधिकार, समानता र सशक्तीकरण महिला र बालबालिकाको लागि भनेर राष्ट्रिय नारा तय भएको छ । एक सिक्काको दुईपाटा भन्दा अन्याय हुँदैन। उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन तथापी आजको समाजसम्म आईृपुग्दा पनि व्यवाहारमा महिला र पुरुष बीच हुने असमानतालाई पृतिसतात्मको सोचले कायमै राखेको छ । सामाजिक विभेद,सामाजिक भूमिका र रितिरिवाजले गर्दा असमानता,विभेद तथा बहिष्करणको अवस्था विधामान रहेको छ । असमानताको मात्रा धनी र गरिब राष्ट्रमा फरक फरक छ।

विकसित राष्ट्रहरुमा असमानताको मात्रा कम छ भने अविकसिसत राष्ट्रहरुमा बढि यसो हुनुमा पितृसतात्मक,सामाजिक वनावट, अशिक्षा,अज्ञानता,परम्परागत हानिकारक अभ्यास,मूल्य,मान्यता तथा महिलालाई कमजोर वर्गको रुपमा हेरिने लैंगिक दृष्टिकोणको ठूलो भूमिका रहेको छ । यसले महिलाको आर्थिक,सामाजिक,राजनितिक तथा साँस्कृतिक स्तरलाई कमजोर बनाएको छ। दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुन्छ। त्यसैले महिला विरुद्धहुने भेदभाव र असमान व्यवाहारलाई दृष्टिगत गरि समानता, न्याय,शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियान संगै महिलाको मानव अधिकार प्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको सम्झनामा हरेक वर्ष मार्च ८ मा विश्वभरि महिला दिवस मानइन्छ।
फ्रान्सको राज्य क्रान्तिका ग्रिसकी महिला लाइसिस्ट्राले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हड्तालसंगै महिला आन्दोलाको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी चिन,ब्राजिल,डोमेनिकन गणतन्त्र,संयूक्त राज्य अमेरिकाका केही महिलाहरु मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनितिक तथा साँस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवज उठाएका थिए। सोही दिनका स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारिखलाई अन्तराष्ट्र्रिय महिला विसको रुपमा मनाउन शुरु गरिएको हो।
हाल महिलाहरुको हक, अधिकार,स्थापना गरी उनीहरुको सामाजिक,आर्थिक, राजनैतिक तथा साँस्कृतिक विकासका लागि कानुन,नीतिगत,स्थागत तथा लक्षित कार्यक्रमहरुको माध्यमबाट उनहिरुलाई विकासको मूलधारमा समाहित गर्न सबैको ध्यान आकृष्ट भएको पाइन्छ।

महिलाको मानव अधिकारको सुरक्षा र विकासका लागि विभिन्न अन्तर्र्रािषर््ट्रय प्रयासहरु भइएरहेका छन्। साथै अधिकांश राष्ट्रले यस विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन्। तर पनि विश्व मानचित्रमा महिलाहरुको स्थिति पुरुष सरह नरहेको यर्थाथ हाम्रा सामु छ।

गरिबी,अशिक्षा,रुढिवादी कुसंस्कार, रीतिरिवाज र परम्पराजस्ता कारणले गर्दा महिलाहरु पछाडि परेका र पारिएका छन्। नीति निर्माण तथा शासना सहभागिताको क्षेत्रमा विकासोन्मुख मात्र नभई विकसित देशरुमा पनि महिला सहभागिता अत्यन्त न्यून रहेको पाउँछौं। नेपालको सन्र्दभमा हेर्दा वि.स. २०१३ मा विकास योजना लागू छैटौ पंचवर्षीय योजनादेखि मात्र महिला विकासका लागि नीति तथा कार्यक्रम आगाडि ल्याइएको पाइन्छ।

नेपाल लोकतात्रिक संघिय संरचनामा समाहित भएपछि २०७५ सालबाट ७५३ वटा स्थानीय तह ७ प्रदेशमा महिलाहरुको लागि जति हुनु पर्ने हो सोही अनुसार महिला अधिकारको क्षेत्रमा बजेट, नीति कार्यक्रम तथा कानूनको व्यवस्था एक रुपमता छैन । हरेक वर्ष महिला अधिकारको बारेमा उठान भएको दिनमा महिला दिवस मनाउँन थालिएको ११५वर्ष भयो तर महिलाहरुको समान सहभागीता हरेक क्षेत्रमा हुन कठिन भईरहेको छ। दिगो विकसा लक्ष्य २०३० मा आधा आधा भन्ने नारा भएपनि सम्भावना झिनु देखिन्छ।

अन्तराष्ट्रिय महिला दिवस २०८१ अन्तर्राष्ट्रिय नाराः FOR ALL WOMEN AND GRILS: RIGHT,EQUALITY AND EMPOWERMENT राष्ट्रिय स्तरमा “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण ”भन्ने नाराले अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा नमोवुद्ध नगरपालिकाले पनि महिला सहभागितालाई तथा महिला अधिकारका लागि हरेक साल विभिन्न कार्यक्रम तथा प्रयासहरु गरेको छ । महिलाहरुलाइृ आत्मनिर्भर बनाउँनको लागि क्षमता विकास सीप विकास, जिविकोपार्जनको लागि वस्तुगत टेवा सहयोग गर्दै आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनहरुको पालन गर्नु साथसाथै पालिका स्तरमा पनि पहल गरेर महिला अधिकारको क्षेत्रमा दस्तावेजहरु तयार गरेर पालना गरिरहेको छ । अन्तराष्ट्रिय महिला दिवस, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जस्ता महिला अधिकार र सुरक्षासँग सम्बन्धित क्रियाकलापलाई आत्मसात गरेर महिला अधिकार सुनिश्चित गर्ने गरेको छ।

नमोवुद्ध नगरपालिका :

नमोवुद्ध नगरपालिकामा कुल जनसंख्या २६१६० मध्ये महिलाको जनसंख्या १३५०१ र पुरुषः १२६५९ रहेको छ । प्रतिशतमा प्रतिशत ५२.२ % पूरुष ः ४७.२ ः % ः बालबालिका ६१२०, अपांगता ः ३.१ %ःलैंङ्गिक अनुपात ९८.४५%,जनघनत्व २५६ कुल परिवार संख्या ७१४८,कुल साक्षरदर ७१ % पुरुष साक्षर दर ८०.४ %,महिला साक्षर दर ६२.६ % छ । वडा नं १ मा ८३५,२ मा १८३४,३मा ११३७,४मा १२६५,५मा१६६७,६९८,७मा १८७७,८ मा १०४६,९ मा ९२४,१०मा ७६० र ११ मा १२७९ जना महिला रहेका छन् । सबैवडामा एकल महिला संख्या ६६३ छ।

१२ वटा महिलाले मात्रै संचालन गरेका महिला सहकारी संस्थामा करिब ५१ सय महिलाहरु समुहमा आवद्ध छन भने २७०० सय महिलाहरु शेयर धनी भएर सहकारी संचालन गरिरहेका छन् । व्यवसायीक रुपमा २ वटा महिला सहकारीले रसायनिक मलको कारोबार गरिरहेको छ।

राष्ट्रिय कानूनहरुको अधिनमा रही महिला अधकिारका लागि पालिकाले गरेको कानूनी व्यवस्थाः

१. लैङ्गि हिंसा न्युनिकरण तथा तत्काल उद्धार राहत कोष वितरण कायविधि २०७८,
२. एकल महिला सुरक्षा कोष संचालन कार्यविधि २०७८,
३. एकल महिला सुरक्षा कोष संचालन कार्यविधि २०७८
४. कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार निवारण आचार संहिता २०७९
५.लैंगिक समानाता तथा समाजिक समावेशीकरण रणनीति २०७९

सूचना सन्देश तथा स्थिति पत्रहरु प्रकाशन

१. महिला अधिकार कानूनी व्यबस्था २०७८
२. लैंगिक हिंसा बिरुद्ध कानूनी व्यवस्था २०७८
३.स्थानिय न्यायिक समिति र अधिकार क्षेत्रहरु २०७८

नमोवुद्ध नगरपालिकामा महिलाको नाममा दर्ता भई साना उधोग व्यपार व्यबसाय संचाालन इजाजत पत्र प्राप्त गर्ने ३३ जना ,महिला सम्पतिकरदाता १६५२ जना, महिलाको नाममा घर नक्सा पास ५५९ जना, न्यािियक समितिबाट न्याय प्राप्त महिला संख्या ४७ जना छन् । विपत सहयोग प्राप्त गर्ने महिलाहरुको संख्या ३४ छ । लैंगिक हिंसा न्युनिकरणको लागि प्रभावितहरुको तत्काल उद्धार तथा अल्पकालिन आश्रय सेवा केन्द्रबाट लैंगिक हिंसा प्रभावितहरुले सेवा केन्द्रबाट प्राप्त गर्नेको संख्या १५६, नगरपालिकामा लैंगिक हिंसा प्रभातिहरुलाई तत्काल उद्धार राहतकोष उपलब्ध गराउन रु ७ लाख बराबरको कोष स्थापना गरी परिचालन गरिरहेको छ हाल सम्म सो कोषबाट ५ जना प्रभावितले उद्धार तथा पुनसर््थापनको लागि सहयोग प्राप्त गरेका छन्।

एकल महिलाहरुको लागि सहयोग तथा पुर्नस्थापनाको लागि स्थापित नगरपालिका स्तरीय एकल महिला सुरक्षाकोषबाट २ जना एकल महिलाहरुले सहयोग प्राप्त गरेका छन् । महिलाहरुको आर्थिक पक्ष सुदृढ गर्न २०० महिलाहरुलाई सीप विकास तालिमा प्रदान गरेको छ । राजनीतिक क्षेत्रमा नमोवुद्ध नगरपालिकामा २०७४बैशाख देखि २०७९ सम्म एक जना उप प्रमुख सहित २३ जना महिला जनप्रतिनिधिले प्रतिनिधित्व गरे भने २०७९बैशाख देखि हालसम्म एक जना कार्यपालिका मनोनत सदस्य २३ जनाले प्रतिनिधत्व गरिरहेका छन्।

दशौं तहमा १, छैटौ तहमा ३ ,पाचौ तह ४,,चौथो तह ४,सहयोगी १४ जना गरी जम्ममा २७ जना नगरपालिकामा महिला कर्मचारीहरु कार्यरत छन् । नगरपालिकाभरीमा महिला शिक्षिका ८४ जना, महिला स्वास्थ्य कर्मी ७२ जना, महिला स्वास्थ्य स्वयमसेवीका ८२ जना रहेका छन् । महिलाहरुको सहभागिता बराबर नभएपनि महिलाहरुको हक हितको लागि नमोवुद्ध नगरपालिकाले हरेक वर्ष नीति तथा कार्यक्रम तर्जुमा गदै महिला अधिकार सुनिश्चित गर्न अथक प्रयास गरिरहेको छ।
अस्तु ।

ताजा अपडेट

खोजी गर्नुहोस