इतिहास, धर्म–संस्कृति र परम्परामा फागुपूर्णिमा

  • काभ्रे खबर
  • / विचार/विश्लेषण /
  • २०८१ फागुन २८, बुधबार (४ घण्टा अघि)
  • ४५ पटक पढिएको

इतिहास, धर्म–संस्कृति र परम्परामा फागुपूर्णिमा
  • महेश पौडेल

बैदिक सनातनिहरुले मनाउने पर्व भनौ वा धार्मिक अनुस्ठानको मुख्य उदेस्य प्रेम,सद्भाबको बिकास गर्दै आत्मालाइ परमात्मामा मिलन गराउन सान्सारिक यात्राको माध्यम अनुशरन गर्ने गरेका छन ।यहि भित्रको उत्सब ,पर्व, सन्देश  एउटा उपक्रम हो होलि पर्व यानिकि फागुपुर्णिमा  । त्यसैले यो पर्वलाइ यहा बुँदागत परिचर्चा गर्ने प्रयास भएको छ ।

१.बैदिक र पौराणिक

कीर्णौःपिष्टातकौधैः कृतदिवसमुखैः कुंकुमसिनात गौरेः
हेमालंकारभाभिर्भरनमितशिखैः शेखरैः कैकिरातैः।

होलि मनाउने वैदिक र पौराणिक मत दुवै चलन चल्तीमा छन् । वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो । नेपालको तराई क्षेत्रमा यो दिन खेतमा पाक्दै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमा अर्पण गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ ।जसलाई भन्ने गरिन्छ “ओराहा ” ! त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई “होला” भनिन्छ । नयाँ अन्न “होला” अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व होलिकोत्सव हुनपुगेको हो । प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ ।

श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा राशको वर्णन, भगवान कृष्णको लीलाहरुमा होलीको वर्णन, ‘रंग’ उत्सवको वर्णन, कालिदाशको “कुमारसंभवम्” तथा “मालविकाग्निमित्रम्” ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ ।

सनातन हिन्दु ग्रन्थमा देवी देवताको मदन, राधा-कृष्णको मदन, राम सीताको मदन, उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु प्रह्लाद, हिरण्यकश्यपु, आगोमा भस्म नहुने होलीकाको कथामा प्रह्लादको अर्थ “आनन्द” हुन पुग्छ । रिस र उत्पीडनको प्रतिक होलीका (बाल्ने दाउरा) बल्दा प्रेम र उल्लासको प्रतिक प्रह्लाद (आनंद) अक्षुण्ण रहन गएको देखाइएको छ । होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समयसंग बदलिँदै गएको छ । प्राचीन कालमा यो पर्व विवाहित महिलाहरुद्वारा परिवारको सुख समृद्धिको लागि खेलिन्थ्यो र पूर्ण चन्द्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए । होलीका दहन गर्ने दिन सार्वजनिक स्थल या घरको छेउमा झन्डा वा डन्डा गाडी होलीका अग्निको लागि दाउरा जुटाई अन्न डढाईने चलन थियो ।

कंशको निर्देशनमा राक्षस्नि पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्रीकृष्णलाई विषपूर्ण दुग्धपान गराई । बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै उ मरी र उसको शरीर पनि लुप्त भयो । नन्द गाउँ (मथुरा ) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन् पुगेपछि शिवलाई शान्त गर्न शिव र पार्वती बीच बिहे गराइएको थियो ।

कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ । फागु पूर्णिमा अर्थात मदनोत्सव वायु पुराण, भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो । महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरुलाई उनीहरुका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए । त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ ।

जे सुकै भएता पनि विभिन्न ४ युग – सत्य, त्रेता, द्वापर, कलिमा होली विभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउँदै आइएको पाइन्छ । यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो । फाल्गुण महिनामा मनाइएकोले फाल्गुनी हुँदै फागु भनिएको हो । यो पर्व नेपालमा वशन्त पंचमीमा वशन्त श्रवण गरिसकेपछि शास्त्रीय रुपमा शुरु भएको मानिन्छ ।

२.प्रतिकात्मक अर्थ

अग्निको वासनात्मक आकर्षणलाई प्रतिकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको देखिन्छ भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुँदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ । यसै दिन भगवान बिष्णुको नर-नारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा फ़ागु मनाइएको उल्लेख पनि पाइन्छ ।

३.प्रणय, प्रेम र शृंगार

फागुलाई मदनोत्सव भनिन्छ । यहाँ मदनको अर्थ हो प्रणय, प्रेम र शृंगार । हाँस र हँसाउँ, जसले रंग लाइदिञ्छ उसलाई रंग लाइदेउ, क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो । फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो । नेपालमा फागू पूर्णिमालाई चीर पर्व पनि भन्ने गरिन्छ । फागु पूर्णिमा सद्भावको प्रतिक हो । पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो । फागु सालको परागकण पनि हो । यसै महिनादेखि साल फुल्न शुरु गर्छ । थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउँदा यसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ । फाल्गुण पूर्वा फाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति । फाल्गुनीको अर्थ हो- जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ । फाल्गुन र लिंग पर्यायवाची पनि हुन् । फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो ।

फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले उन्मत्त हुन्छ फाल्गुने बैंस । फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ । फागुने बैंस’ थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ नेपाली परम्परामा । ‘संस्कृत कोष’ अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ । प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो ।

(लेखक नेपाल पत्रकार महासंघ काभ्रेका पुर्ब अध्यक्ष हुनुन्छ।)

ताजा अपडेट

खोजी गर्नुहोस