इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाउन उधोग मन्त्री भण्डारीको आग्रह

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र ३१, सोमबार (२ दिन अघि)
  • ७८ पटक पढिएको

इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाउन उधोग मन्त्री भण्डारीको आग्रह

इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाइनुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् ।
काभ्रेको धुलिखेलमा नेपाल इँटा उद्योग महासंघको १६ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगलाई वातावारणमैत्री र प्रविधिमैत्री बनाइनुपर्ने बताएका हुन् ।

नेपाल ईट्टा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभालाई सोमबार काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भण्डारीले उद्योगीका समस्याका बारेमा छलफल र समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । राज्य, सरकार बलियो भयो भने मात्रै व्यवसाय र व्यवसायी बलियो हुने भन्दै मन्त्रालयले व्यवसायीको पक्षमा काम गर्ने बताए ।
कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, लक्ष्मण लम्साल, नेपाल ईट्टा उद्योग महासंघका संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकार, वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर अवाल, काभ्रे ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष जितेन्द्र खायमली लगायतले ईट्टा उद्योगीले भोगिरहेका समस्या समाधानको लागि उचित कदम चाल्नुपर्ने तर्क गरेका थिए ।
ईट्टा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले ३ तहका सरकारका नीति, बैंकको व्याजदर, निर्माण कार्यमा पनि ईट्टाको प्रयोग नहुनु र विकास बजेट खर्च नहुँदा उद्योगीहरु निराश भएको भन्दै सरकारको तर्फबाट सञ्जीवनी बुटी पाउने अपेक्षा गरे ।

३ हजार बर्षअघि देखि प्रयोग हुँदै आएको ईट्टाको विकल्पमा ५० बर्ष आयु भएका निर्माण सामाग्री प्रयोग हुन लागेको भन्दै यसबारे सरकारको नीति स्पष्ट हुनुपर्ने बताए ।
उनका अनुसार गत सिजनमा ४ सयको हाराहारीमा मात्रै इँटा उद्योगहरू सञ्चालनमा रहेपनि उत्पादन पूर्ण क्षमतामा गर्न नसकेको, उत्पादित इँटाहरू पनि विक्री हुन नसकी उद्योग परिसरमा नै मौज्दात हुादा बैंकको ब्याज र किस्ता सम्म तिर्न गाह्रो परिरहेको उद्योगीहरूको गुनासो गरेका छ्न ।

साधारण सभाका अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार मोहन दुवाल, पत्रकार इश्वरीराजकुमार मैनाली, राजकुमार पराजूली, शिखर चिमौरियालाई सम्मान गरिएको थियो । महासंघलाई सहयोग गर्ने मोरङ अटो वक्र्स, कमर्सियल भेइकल प्रा.लि., सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स कम्पनी प्रा.लि, एस.एन मेटल एण्ड मेकानिकल वक्र्स, सिप्रदी ट्रेडिङ प्रा.लि. र सर्लाही ईट्टा उद्योग व्यवसायी संघलाई कदरपत्र प्रदान गरिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस