आर्थिक विकास मित्र साकोसको १८ औं साधारणसभा सम्पन्न

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन ४, शुक्रबार (१९ घण्टा अघि)
  • १८५ पटक पढिएको

आर्थिक विकास मित्र साकोसको १८ औं साधारणसभा सम्पन्न

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. को १८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहिवार पाँचखाल एकाइ बैठक संस्थाका अध्यक्ष श्री बाबुकाजी पराजुलिको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

भेलाका क्रममा आर्थिक बर्ष २०८०÷८१ मा उत्कृष्ट बचत, ऋण कारोबार, शेयर खरिद, बाल बचत कारोबार गर्ने सदस्यहरुलाई विभिन्न बिधामा सम्मान पनि गरिएको थियो । यसैबिच सभाबाट बिकास अवार्ड संस्थाका पुर्ब अध्यक्ष दामोदर अधिकारीले पाएका छन् । यसैगरी उदियमान युवा व्यवसायी सम्मान तर्फ सदस्य प्रकाश सापकोटालाई सम्मानित भएका छन् । यसका साथै संरक्षित पुँजि फिर्ता कोषबाट अधिकतम लाभ प्राप्त गर्नु बचत कर्ताहरु र ऋणीहरुलाइ सम्मान पनि गरिएको थियो।

कार्यक्रममा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । शुभकामना मन्तव्य राख्दै नगर प्रमुख खरेलले पाँचखालको अभिभावक सस्था बित्तीय रुपमा सक्षम, सबल र सदस्य मैत्री रहेको र आम समुदायमा ढुक्क भएर कारोबार गर्नुहुन अनुरोध गर्नुभयो । साथै सहकारीहरु बिच एकीकरण र सहकार्य गर्दै काभ्रे जिल्लाकै अग्रणी संस्था बन्ने, आर्थिक बिकास सफल हुने र अन्य संस्थाका लागि अनुकरणीय रहेको बताउनुभयो।

सभामा प्रस्तुत भए अनुसार संस्थाको कुल शेयर पुजि ९ करोड ८५ लाख रहेको छ । सभामा बचत ७७ करोड ६३ लाख, ऋण लागानी ९१ करोड सहित कुल १ अर्ब ३ करोडको वासलात प्रस्तुत गरिएको थियो । कार्यक्रममा सचिब रामप्रसाद कोइरालाले संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन, कोषाध्यक्ष दामोदर दुलालले आर्थिक प्रतिबेदन र संयोजक बद्रि आचार्यले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदनसभामा प्रस्तुत गरेका थिए।

यसैबीच साधारणसभामा रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा २७ जनाले रगत दान गरेका थिए । रेड्क्रस सोसाइटी अनैकोट उपशाखाको समन्वय र काभ्रे ब्लड बैंकको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

जय श्री कृष्ण पार्टी प्यालेसमा प्रमुख अतिथीद्वारा पानसमा दिप प्रज्ज्वलन सहित उद्घाटन गरिएको कार्यक्रममा सहकारी अभियानका संस्थापकहरुको प्रतिमामा माल्यार्पण गरिएको थियो । कार्यक्रमा नव जनहित इङलिस बोर्डिङ स्कुल पाँचखालमा अध्ययनरत बाल सदस्य बिद्यार्थीहरुले विभिन्न सहकारी नृत्य तथा झाँकी प्रस्तुत गरेका थिए।

यसैगरी साधारणसभामा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समितीहरुका तर्फबाट सभामा प्रस्तुत गरिएको बार्षिक प्रगती प्रतिबेदन, नीति तथा कार्यक्रम, योजना तथा बजेट उपर बृहत छलफल सहित पारित गरिएको छ। संस्थाका अनुसार कार्यक्रममा सदस्यहरुको सकृय सहभागिताले संस्थालाइ थप हौसला प्राप्त भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रबक्ता अप्सरा ढुंगाना, पाँचखाल नगर उप–प्रमुख सुर्यमाया दनुवार, नगरपालिका वडा नं १, का वडा अध्यक्ष जय बहादुर तामाङ, ४ सुन्दर तामाङ, ५ का सिताराम ढुंगाना र ९ रामकाजी श्रेष्ठको उपस्थित थियो। यसैगरी रेडक्रस काभ्रे शाखाका शभापती रघुनाथ हुमगाइ, सस्थापक अध्यक्ष इश्वरिराजकुमार मैनाली, पुर्ब अध्यक्ष दामोदर अधिकारी, लेखा समिती संयोजक बद्री प्रसाद आचार्य, सस्थाका कानुनी सल्लाहकार एंव निर्वाचन संयोजक हरिशरण दाहाल, सल्लाहकार सत्यबती भट्टराई, स्वेच्छा साकोसका अध्यक्ष ओमकार श्रेष्ठ, प्रतिष्ठा कृषि सहकारीका अध्यक्ष ज्ञान बहादुर थापा, प्रगतिशील बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव प्रसाद काफ्ले, पाँचखाल भ्याली बहुउद्देशिय सहकारीका अध्यक्ष केदार लुइँटेल, ग्रामीण महिला बिकास बहुउद्देश्यीय सहकारीका सह–सचीव कुसुम दुलाल लगायतको सहभागिता रहेको थियो।

यसका साथै असोज २९ गते सेवा केन्द्र मण्डनदेउपुरमा प्रमुख अतिथि नगर प्रमुख टोक बहादुर वाइवा र सभाअध्यक्ष संस्थाका अध्यक्ष बाबुकाजी पराजुली, बनेपा नगरपालिका प्रमुख अतिथि नगर उपप्रमुख बिमला दाहाल, सभाअध्यक्ष संस्थाका उपाध्यक्ष राजन कार्कीबाट समापन भई केन्द्रीय कार्यलय पाँचखालमा साधारणसभा सम्पन्न भएको हो ।

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस