बनेपा महोत्सव–२०८१’ पाँचौ संस्करण शुरु

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन ४, शुक्रबार (१३ घण्टा अघि)
  • ७० पटक पढिएको

बनेपा महोत्सव–२०८१’ पाँचौ संस्करण शुरु

काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला शुरु भएको छ । बनेपा स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सव (पाँचौ संस्करण) २०८१,बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले द्वारा उद्घाटन भएको छ।
शुक्रबार बनेपा बोइज क्लब (बीसीसी)द्वारा आयोजित ‘पाँचौं बनेपा महोत्सव-२०८१’ लाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताएका हुन् । 
व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने बताए । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममाजिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरे ।

स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित विभिन्न विद्यालय, सहकारी, संघसंस्था, क्लवको सहभागितामा महोत्सव समुद्घघाटन गरिएको छ ।
‘व्यापारिक, सास्कृतिक, मनोरञ्जनात्मक खेल मेला’ नाम दिइएको बनेपा महोत्सव–२०८१’ असोज १९ गतेसम्म चल्नेछ ।
जिल्लाको ‘सुन्दर नगरी’ बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांंस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए ।

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस