नियम, कानून परिपालना भए सहकारीमा समस्या आउँदैन : रजिस्टार घिमिरे

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ पौष ११, बिहिबार (३ महिना अघि)
  • १७२ पटक पढिएको

नियम, कानून परिपालना भए सहकारीमा समस्या आउँदैन : रजिस्टार घिमिरे

बनेपा । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीका सिद्धान्त, ऐन, नियम, कानून परिपालना भए कुनै पनि सहकारीमा समस्या नआउने बताएका छन्।

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं बार्षिक साधारणसभालाई बनेपामा सम्बोधन गर्दै उहाँले सहकारीमा नीति, विधी बसाल्नकै कारण सहकारी अध्याधेश आएको जानकारी दिए।

अध्यादेशमा कर्जा सूचना केन्द्र, असुली न्याधिकरण लगायतका व्यवस्था गरिएको उनले बताए। नियामक निकायले अनुगमन नगर्दा समस्या आएको तर्क गर्ने सहकारीकर्मीले नै अनुगमन थालेपछि रोइलो गर्ने गरेको आरोप समेत रजिष्टार अधिकारीको छ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले केही सहकारीमा पिलोको रुपमा समस्या रहेको भन्दै त्यसलाई निचोरेर फाल्नुपर्ने र अरुले मजाक बनाएको सहकारीमा समस्या भएको हौवाको पछाडी नलाग्न अनुरोध गरे।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपालले सहकारीमा तत्काल सुधार गर्नुपर्ने समस्या सम्बोधन अध्यादेशले गर्ने भन्दै सबैको पहलले सहकारी क्षेत्र राम्रो बनाउनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक सदस्य पार्वती कार्की, बाग्मती प्रदेश सहकारी संघका कोषाध्यक्ष रहेका जिल्ला बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ काभ्रेका सल्लाहकार इन्द्रप्रसाद अधिकारी, अध्यक्ष उदयराम कायस्थ लगायत सहकारी क्षेत्रका अवसर र चुनौतीबारे चर्चा गरेका थिए।

कार्यक्रममा बनेपा नगरपालिका सहकारी शाखा प्रमुख दिनेशकुमार पोखरेल, उत्कृष्ट व्यवस्थापकको रुपमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मनोज रायमाझी, उत्कृष्ट कारोवार गर्ने खानीखोला गाउँपालिकामा रहेको सुर्यमुखी सहकारी, बनेपामा रहेको भक्तेश्वरी नारी चेतना सिपमुलक सहकारी संस्था र माईक्रो श्रमिक साकोस बचत तथा ऋण सहकारी संस्था बनेपालाई सम्मान गरिएको छ।

संघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने नवकान्तिपुर, सामुदायिक, प्रभात, सुडेश्वर, मनकामना, हाम्रो सेवा, लक्ष्मी महिला, नारी जागरण, महिला आधारशिला बचत तथा ऋण सहकारी संस्थालाई प्रशंशा पत्रसहित सम्मान गरेको हो। सचिव सुरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समितिका तर्फबाट सदस्य पुष्पराज कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सभाले पास गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस