एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था डेढ दशकदेखि सञ्चालनमा छ। काभ्रेको बनेपा नगरपालिका–७मा कार्यालय रहेको संस्थाले यो डेढ दशकमा आफ्ना सदस्यहरुमाझ सरल, सवल र सुरक्षित संस्थाको परिचय बनाइसकेको छ। संस्थाको वर्तमान अवस्था, समग्र सहकारीको अवस्था लगायत विषयमा सहकारीका प्रमुख कार्यकारी अधिकृत अरुण थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
सहकारी के हो?
सहकारी आम मानिसहरुको सुख दुःखको सहयात्री हो, जसले हर घरको हर व्यक्तिलाई पारिवारिक सदस्यताको अनुभूती दिन्छ र जसको विकल्प अन्य निकाय कहिल्यै बन्न सक्तैन तर पछिल्लो समय केहि सहकारी र सदस्यहरुमा समस्या सृजना भएको छ।
संस्थाको परिचय दिनु पर्दा ?
१६ वर्ष अगाडी २०६५ साल भाद्र २३ मा तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा प्रकृयागत दर्ता भई आफ्ना सदस्यहरुको माझमा सरल, सवल र सुरक्षित संस्थाको परिचय बनाउँदै स्थानीयस्तरमा संचालित सदस्यहरुको साझा थलो नै एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था हो।
कस्तो छ आर्थिक कारोवार ?
विविध पाटोहरुको कारण पछिल्ला दिनहरुमा आर्थिक कारोबार अत्यन्त संकुचित भएका छन्। राज्यको अस्थिर नीति, उद्योग कलकारखाना तथा व्यवसायहरु सुचारु ढंगबाट संचालन हुन नसक्नु, बैंकिङ्ग प्रणालीमा आएको उतारचढाव, केहि सहकारीहरुमा देखिएको समस्या आदि कारणहरुले गर्दा समग्र आर्थिक कारोवारहरु प्रभावित भएका छन।् यद्यपि हालका दिनमा विस्तारै आर्थिक कारोबार तथा वित्तीय गतिविधीहरु सुध्रिंदै अगाडि बढिरहेकोमा सकारात्मक बढोत्तरीको अपेक्षा गर्न सकिन्छ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनका कारण व्यवसाय धरापमा छन्। सहकारीले प्रवाह गरेको कर्जाको व्याजसमेत तिर्न धौ धौ छ, यस्तोमा सहकारीले केही सहुलियतका योजना अघि सारेको छ कि?
तपाईको प्रश्नले धेरै घटना परिघटनाको प्रतिनिधित्व गरेको छ। समस्या लगभग यस्तै नै हो। त्यसैले हामीले सदस्यहरुको समस्या, आर्थिक, सामाजिक तथा व्यवसायिक अवस्थालाई ध्यानमा राखेर हर्जनामा शतप्रतिशत र व्याजमा सहुलियत सहितका सुविधाहरु प्रदान गर्दैै आएका छौं, जसमा असल सदस्यहरुले उत्साहजनक सहभागिता समेत जनाईरहनु भएको छ।
बचतका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ?
सहकारीहरुले बचत तथा ऋणका उत्पादनहरु तयार गर्दा सदस्यहित हुनेगरी गर्नुपर्दछ जसको प्रथम लाभ सदस्यलाई र दोश्रो लाभ संस्थालाई हुनुपर्दछ। एक्सप्रेस साकोसले पनि आफ्ना सदस्यहरुका लागि अत्यन्तै लाभपयोगी बचतका कार्यक्रमहरु ल्याएको छ र धेरै सदस्यहरुले उक्त योजनाबाट लाभ पनि प्राप्त गरिरहनु भएको छ। एक्सप्रेस साकोसमा आवद्ध सदस्यहरु आफु आवद्ध बचत कार्यक्रमबाट सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्दछ।
कर्जा प्रवाहमा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?
कर्जा प्रवाह गर्दा मुलत ५ सी लाई ध्यानमा राख्नु पर्छ र पनि हामी सदस्यहरुको दुःख सुखको सहयात्री सहकारी संस्था भएको हुँदा बैंक जत्तिको कठोर बन्न सकिंदैन र बन्नु पनि हुँदैन जस्तो लाग्छ मलाई।
कर्जा लगानी कस्ता क्षेत्रमा बढी लक्षित छन?
मुलत कर्जा लगानी गर्दा साना मझौला उद्योग, व्यवसायिक, कृषि तथा पशुपालन, घरजग्गाा खरिद, घरायसीमै लक्षित हुन्छन्।
कर्जा कसरी खराब कर्जा बन्न पुग्छ?
कर्जा खराब हुनुमा विभिन्न तत्वहरुले भूमिका खेल्ने गर्दछन्। सदस्यले आफुले लिएको ऋण सदुपयोग नगरेमा, कर्जा प्राप्त गर्ने माध्यम बढि भएमा, लिएको ऋणको शर्त र सिमा भूलेमा। अझ छोटकरीमा भन्दा अनावश्यक कर्जा लिने तथा लिएको कर्जा दुरुपयोग गरेमा र यत्ति सबै हुँदा हुँदै पनि परिस्थतीजन्य कारणहरुले गर्दा पनि कर्जाहरु खराब बन्न सक्छन्। कर्जालाई खराब हुन नदिने र नियन्त्रण गर्ने एउटै मजबुद उपाय भनेको सहकारी ऐन २०७४ को दफा ८० बमोजिम कालोसूचीको व्यवस्था, ८१ बमोजिम कर्जा सूचना केन्द्र र ८२ बमोजिम कर्जा असुली न्यायधिकरण गठन गरेर कडाईका साथ कार्यान्वयनमा ल्याएमा खराब कर्जाको मात्रामा कमी आई संस्था र सदस्य दुबैलाई हित हुनेछ।
कति छ खराब कर्जा?
हाम्रो संस्थाको कुरा गर्दा करिवन १ प्रतिशत कर्जा अत्यन्त खराब, २ प्रतिशत मध्यम खराब र ४ प्रतिशत जति सामान्य खराब कर्जाहरु रहेका छन्।
सहकारी डुब्न लागे, भागे, पैसा तिर्न नसक्ने अवस्थामा पुगे मात्र भनेको सुनिन्छ नि आजकल, किन ?
सायद आजकाल त यस्तो छैन की जस्तो लाग्छ मलाई तर करिवन एक डेढ वर्ष अगाडीको जल्दोबल्दो समस्या हो यो र यसको असर अझै पनि केहि देखिदै आएको छ। मलाई लाग्छ केहि आफ्नैै बदमाशीले डुबे भने केहि हल्लाखल्लाले गर्दा धान्न नसकेर समस्यामा परे वा डुबे। यसै गरी हल्लाखल्ला, समाचार र सोसल मिडियाको दुरुपयोग हुँदै जाने हो भने नेपालको राम्रै बैंक पनि डुब्न बेर छैन। झण्डै अस्ति एक ठुलै कमर्सियल बैंक यस्तै हल्लाको कारण डुबेको थियो, होईन र?
अनि एउटा सामान्य कुरा हामीले के बुझ्नु प¥यो भने जतिसुकै राम्रो बैंक वा संस्था भए पनि र नियमानुसारको तरलता व्यवस्थापन गरेको भए पनि सबै जना बचतकर्ता आतंकित भएर एकै समयमा बचत फिर्ता लिन आए भने त्यो नियमानुसार व्यवस्थापन गरेको तरलताबाट २०÷२५ प्रतिशतसम्म फिर्ता गर्न सक्छ बाँकी त सदस्यलाई ऋण लगानी गरेको हुन्छ, अनि एकै समयमा कसरी फिर्ता गर्न सक्छ ? सामान्यतः बैंक, फाईनान्स, सहकारी र इन्सुरेन्सहरु, सबै बचत एकैपटकमा फिर्ता जाँदैनन् अनि सबै इन्सुरेन्स एकैपटकमा क्लेम हुँदैनन् भन्ने मान्यताबाट संचालित हुन्छन तर सिद्धान्त र मान्यतामै असर प¥यो भने राम्रो पनि नराम्रो हुन धेरैबेर लाग्दैन र सहकारी अभियानमा हिजो ठूलो महाभूकम्प आएको थियो र आज त्यहि त्यो ठुलो भुकम्पको कारण सामान्य पराकम्पनहरु महशुस भइरहेका छन्। यो महाभुकम्पले धेरै ठुलो पाठ सिकाएर गएको छ। जसलाई संस्था र सदस्यले नजिकबाट अनुभूत गरेका छन्। संस्था र सदस्य दुबैले आफ्ना गल्ती, कमीकमजोरीको पहिचान गरी थप सुदृढ भई अगाडी बढ्ने बाटो रोजेका छन्।
अहिले सहकारी अभियान सुदृढ हुँदैछ। सहकारीमा कारोबार गर्ने सम्पूर्ण सदस्यज्यूहरुलाई म यो आग्रह गर्दछु की, तपाई ढुक्क भएर आफु आवद्ध संस्थामा गयए संचालक वा व्यवस्थापकसँग जिम्मेवारी सहितका कुरा गरेर आफ्नो कारोबार र सहभागिता जनाई अभियानको सुदृढिकरणमा हातेमालो गर्नुहोस्।
समुदायमा आधारित सहकारीहरुले यस्ता समस्या झेल्नु परेको छ?
सहकारी अभियान नै आतंकित भएको बेलामा सबै संस्थाले समस्या झेल्नु परेको तथ्य यथार्थ हो। तथापी समुदायमा आधारित सहकारीहरु सदस्य केन्द्रित भएर संचालन भएको हुँदा समस्याको निकास पनि सदस्यहरुको विचबाट नै निस्केको छ। खासै समस्या छैन।
सहकारीमा पनि त विकृती आइरहेका छन्। वित्तीय सुशासनका लागि के–के कदम चाल्नु भएको छ?
मेरो विचारमा सहकारीमा विकृती आएका थिए र त आजको यो अवस्था सृजना भयो तर अब यि विकृतीहरुको पहिचान भएर सतहमा आईसक्यो, त्यसैले अब त्यस्तो हुँदैन। संस्था तथा वित्तीय सुशासनका लागि सम्पूर्ण सहकारीकर्मीहरु एक भएर अनुशासित हुनुपर्दछ। र हामीले पनि हिजोका गतिविधी, कमीकमजोरीलाई केलाउँदै संस्था र वित्तीय सुशासनको लागि आवश्यक कदम चालिरहेका छौं जसले संस्थालाई स्थायीत्वको गतिमा अग्रसर बनाएको छ।
सरल र सहज ढंगबाट चल्न सहकारीको मूल्य तथा सिद्धान्त कस्तो हुनु पर्छ?
सरल र सहज ढंगबाट सहकारी संचालन हनुको लागि सहकारीको मूल्य र सिद्धान्त आफ्नो ठाउँमा सहि छन् तर राज्यको ऐन कानून व्यवहारिक र सहकारी अभियानप्रतिको दृष्टिकोण सकारात्मक हुनुप¥यो। सहकारी ऐन २०७४ ले एक सदस्य एक सहकारी भन्ने तथ्यलाई ऐनमा उल्लेख ग¥यो।
यो ऐनको दफाले समग्र सहकारी अभियानलाई खुम्च्याई अर्को कुनै निकायलाई प्रवद्र्धन गर्दछ। एक व्यक्तिले २० औं ३० औं बैंकमा खाता खोलेर स्वतन्त्र ढंगबाट कारोबार गर्न सक्ने तर सहकारीमा चाहिं किन एक मात्र ? भोली सदस्यलाई अफ्ठेरो परेको बेलामा आफु आवद्ध भएका एक संस्थाले मात्र उसको समस्याको समाधान गर्न सक्छ त? सदस्यले स्वतन्त्र ढंगबाट आफ्नो बचत आफुलाई अनकूल पर्ने संस्थामा किन गर्न नपाउने ? त्यसैले यो नियमले सदस्यको स्वतन्त्रता हनन् भई आवश्यक परेको बेलामा सहकारीको उपयोग गर्नबाट समेत बञ्चित गरेको छ।
यसको सट्टामा राज्यले सहकारी ऐन २०७४ ले नै व्यवस्था गरेको कर्जा सूचना केन्द्रलाई अनिवार्य लागु गरेको भए ऋण लिनकै लागि सहकारीको सदस्यता लिन खोजेको भए सदस्य स्वयंले नै कहाँ किन सदस्यता लिने वा नलिने विषयमा आफ्नो निर्णय लिन सक्थे र सहकारी संस्थाले पनि ऋण दिन मिल्ने वा नमिल्ने आधारमा आफुलाई सुरक्षित बनाउन सक्थे। राज्यले सहकारीलाई खुम्चाउने नीति होईन, शुसाशित ढंगबाट फराकिलो बनाउने नीतिको अवलम्बन गर्नुपर्दछ।
अध्यादेशले सहकारी क्षेत्रको संकट टार्ला?
जारी अध्यादेश २०८१ को सन्दर्भमा मेरो आफ्नो धारणा राख्नुपर्दा, बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न अधिकारसम्पन्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने, स्वायत्त र स्वशासित प्राधिकरणले आवश्यक मापदण्ड बनाई सहकारी– दर्ता, नियमन, सुपरिवेक्षण गर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डलाई सहकारीले पालना गर्नुपर्ने, बचत तथा ऋणको कारोबार गर्ने, स्रोत खुलाउनु पर्ने, कर्जा सुचना केन्द्रमा आवद्धता, सहकारी बचत तथा कर्जा सुरक्षण कोष सम्बन्धी व्यवस्थालाई अत्यन्त सकारात्मक, नियमन र सुसाशनका लागि अपनाईएका औजारको रुपमा लिन सकिन्छ भने कार्यक्षेत्रको आधारमा बचतको सिमा तोक्ने, एक सहकारी एक सदस्य भनेर सदस्यको हक अधिकारलाई कुण्ठित गर्दै खुम्च्याउन खोज्ने र सञ्चालक पदमा २ कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन नसक्ने नियमको कारण सहकारी क्षेत्र सदस्यमैत्री भएर फैलिएर अगाडी बढ्न सक्दैन।
मेरो विचारमा सदस्यलाई एउटा संस्था रोज्ने बाध्यत्मक अवस्थाको सृजना भयो भने आकारमा साना संस्था झनै साना हुन्छन् भने ठुला संस्थाहरु पनि खुम्चिने क्रममा जान्छन्, सदस्यहरुले सहकारीबाट आफुलाई चाहेको बखतमा आवश्यक कर्जा लगायतका सुविधा प्राप्त गर्न सक्दैनन्, अधिकांश निम्म तथा मध्यम वर्गीय मानिसहरु वित्तीय सेवा र पहुँचबाट वञ्चित हुन्छन्। स्वतन्त्र ढंगबाट बचत तथा ऋणको कारोबार गर्न सक्तैनन्। जसको प्रत्यक्ष फाईदा बैंक, फाईनान्सलाई हुन्छ तर निम्न तथा मध्यम वर्गीय मानिसहरुको क्षमता र पहुँच बैंकमा नपुग्ने र बैंकका रिक्वाएरमेन्टहरु फुलफिल गर्न नसक्दा पूरानो समयको जस्तै साहु महाजनहरुको भर परेर महँगो ब्याजमा पैसा चलाउनु पर्ने हुनसक्छ। सहकारी अभियानले रोजगारीको क्षेत्रमा पु¥याएको योगदान र राजश्वमा पु¥याएको योगदानबाट व्यक्ति र राज्य दुबैले ठुलो घाटा व्यहोर्नु पर्ने हुन्छ। अर्थात यो नियमको कारण सहकारी क्षेत्र खुम्चिने क्रममा जान्छन भने व्यक्तिहरु वित्तीय सेवा र पहुँचबाट टाढा हुन पुग्छन्।
संचालकहरुको २ कार्यकालको नियमको कारण सहकारी अभियानमा अनुभवी संचालकहरुको अभाव सृजना हुन गई अभियान झनै अस्तव्यस्त हुन सक्छ। उल्लेखित कारणहरुले गर्दा समग्रमा सहकारी र सदस्य दुबैलाई हानी पुग्न सक्छ। त्यसैले यो अध्यादेशले सहकारी क्षेत्रको समग्र संकट टार्न सक्छ जस्तो मलाई लाग्दैन।
सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ सहकारीले?
सहकारीहरुले एकका लागि सबै र सबैका लागि एक भन्ने भावना र अभिप्राय सहित आफ्ना काम, क्रियाकलाप र कार्यक्रम सदस्य केन्द्रित भएर सदस्य लक्षित योजनाहरु अगाडी सार्दै क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउनुपर्छ। सहकारीमा आवद्ध भएर अगाडी बढ्दा हामी सबैको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा सहकारी अभियानले मद्दत गर्न सक्छ भन्ने भावनाको विकास गर्न सक्नुपर्दछ। एक्सप्रेस साकोसले पनि आफ््ना सदस्यहरुको लागि कार्यालयबाट नै नियमित आवश्यक वित्तीय परामर्शका कार्यक्रमहरु, समयसमयमा सदस्य शिक्षाका कार्यक्रमहरु, रक्तदान लगायत स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ र भर्खरै हामीले सदस्य सर्वेक्षण २०८१ लगभग सम्पन्न गर्न लाग्यौ र त्यसैको आधारमा पनि समय सापेक्ष सदस्यहरुको माग अनुरुप क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्दै अगाडी बढ्नेछौं।
सहकारीको सेवामूलक भूमिका हुनु पर्छ भन्नेमा कत्तिको विश्वास राख्नु हुन्छ ?
सहकारी संस्थाहरुले व्यवसायिकताको विचमा सेवामुलक भूमिकामा रहेर नै आफ्ना सेवाहरुलाई सदस्य केन्द्रित भएर संचालन गर्नुपर्छ भन्नेमा म पूर्णतः विश्वस्त छु र सहकारी सेवामूलक नै हुनुपर्दछ।
सहकारीमा जगेडा कोष जथाभावी चलाउन पाईंदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ भनिन्छ। लागू भएको छ तपाईकोमा ?
हो सहकारीको मेरुदण्ड जगेडाकोष जथाभावी चलाउन नै पार्इंदैन्। हामी कहाँ यो पूर्णत लागु भई क्रमशः बढोत्तरीको क्रममा रहेको छ। यस आ.व.को मंसिर महिना सम्ममा कुलसम्पत्तिमा जगेडाकोषको मात्रा १०.३३ प्रतिशत पुगेको छ।
आफ्ना सदस्यहरूलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होइन भनिए पनि त्यसो हुन सकेको छैन भन्ने आरोप छ नि सहकारीहरुलाई ?
आफ्ना सदस्यहरूलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो। मेरो आफ्नो दृष्टिकोणबाट हेर्दा त लगभग हामीले यहि सेरोफेरोमा आफ्ना गतिविधीहरु संचालन गरिरहेका छौ जस्तो लाग्दछ तथापी सबै सहकारी संस्था र सदस्यहरुलाई एउटै आरोपको डालोमा राखेर हेर्नु हुँदैन होला र पनि सहकारी अभियानले उल्लेखित आरोपलाई चिर्दै सोहि अनुरुपका आफ्ना गतिविधीहरु संचालन गर्नुगर्दछ।
समाजिक उत्तरदायित्व वहन गर्नमा तपाईको सहकारी कत्तिको लागि परेको छ ? पछिल्ला गतिविधि केही छन ?
हरेक संघसंस्थाका विभिन्न उत्तरदायित्व मध्यमा सामाजिक उत्तरदायित्व एक प्रमुख दायित्व हो। हामीले पनि अवस्था र आवश्यकताका आधारमा विभिन्न खाले सामाजिक उत्तरदायित्वहरु निर्वाह गर्दै आएका छौ। यस आ.व.मा हामीले खुल्ला रक्तदानको कार्यक्रम आयोजना ग¥यौं जसमा रक्तदाताको राम्रो सहभागिता रहयो। रोशी बाढिपहिरोको लागि थोरै आर्थिक सहयोग ग¥यौं। सार्वजिनक मठ मन्दिर तथा वातावरणीय कार्यहरुमा संस्थाको सहभागिता रही रहेको छ।
सदस्यहरुको क्षमता अभिवृद्धि र आर्थिक हैसियत बढोत्तरीमा कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न खालका सिपमुलक तालिमहरुको आयोजना गर्दैछौं भने आर्थिक बढोत्तरीको लागि साना मझौला उद्योग, व्यवसायिक कर्जा, सहुलियत ब्याजदरमा विपन्न, कृषि तथा पशुपालन, महिला उद्यमशिल कर्जा आदि मार्फत साथ सहयोग गरिरहेका छौं।
र, अन्त्यमा?
आफ्ना कुरा राख्न दिनु भएकोमा तपाईलाई धन्यवाद। सहकारी अभियान निकै जटिल र तरल अवस्थाबाट गुज्रदै अगाडी बढिरहेको छ। तपाई पत्रकारज्यूहरु, सरोकारवाला निकाय, आम मानिस र सदस्यज्यूहरुको सकारात्मक सोच र भूमिकाको आवश्यकता सहकारी अभियानलाई परेको छ।
सहकारी अभियानमा आफुलाई नेतृत्वदायी भूमिका राखेर विभिन्न पद धारण गर्ने सहकारीकर्मी नेताज्यूहरुको सहकारीप्रतिको धारणा र सोचमा ऐक्यवद्धताको खाँचो छ। सरकारले सहकारी खुम्च्याउने नीतिको अंगिकार गर्ने होईन की शुसासित ढंगबाट सहकारी अभियानलाई बृहत बनाउँदै सदस्यहितको नीति अंगिकार गर्नुपर्दछ किनकी सहकारी प्रत्येक सदस्यहरुको सुख दुःखको सहयात्री हो, जो प्रत्येक घरको घरदैलोमा पुगी आफ्ना सदस्यहरुको जन्मदेखि मरणसँग सँगसँगै रहेको हुन्छ। त्यसैले यसका कमीकमजोरीलाई पहिल्याउँदै, सुधार्दै अगाडी बढ्नु र अभियानलाई अनुशासित, सुशासित र मर्यादित बनाउनु हामी सबैको कर्तव्य तथा जिम्मेवारी हो।