आर्थिक बिकास मित्र साकोसको १८ औ वार्षिक साधारणसभा

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८१ भाद्र ३०, आईतबार (३ दिन अघि)
  • १५६ पटक पढिएको

आर्थिक बिकास मित्र साकोसको १८ औ वार्षिक साधारणसभा

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था को १८ औ बार्षिक साधारणसभा अन्र्तगत बनेपा सेवा केन्द्रको एकाई बैठक सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष राजन कार्कीको सभापतित्वमा शनिबार बनेपामा बैठक सम्पन्न भएको हो ।

बनेपा सेवा केन्द्रमा आबद्ध ६ सय १५ जना सदस्यहरुको सहभागिता रहेको उक्त बैठकले संस्थाको बार्षिक प्रगती प्रतिबेदन, योजना तथा बजेट, लेखा प्रतिबेदन उपर छलफल सहित पारित गरेको छ ।

भेलाले एकाइ बैठकबाट ४ जना प्रतिनिधि र १३ जना माइन्युट प्रमाणीकरण प्रतिनिधि चयन गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा उत्कृष्ट बचत गर्ने ,ऋण कारोबार गर्ने ,शेयर खरिद गर्ने, बाल बचत गर्ने सदस्यहरुलार्इ सम्मान गरिएको छ । साथै संरक्षित पुजि फिर्ता कोष बाट अधिकतम लाभ प्राप्त गर्ने बचत कर्ताहरु र ऋणी हरुलार्इ सम्मान समेत गरिएको छ।

बनेपा नगरपालिका उप प्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यतामा भएको बैठक बनेपा सेवा केन्द्र ब्यबस्थापन संयोजक श्याम सुन्दर चौलागाईंले संचालन गरेका थिए । बैठकका लेखा समिती संयोजक बद्री प्रसाद आचार्य , सल्लाहकार नारायण प्रसाद ढुंगाना, पुर्ब संचालक बासुदेव शर्मा हुमागार्ई लगायतको उपस्थिति रहेको थियो। सेवा केन्द्रका कोषाध्यक्ष दामोदर दुलालले आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस