दुइ सय तीन जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८१ मंसिर १५, शनिबार (४ दिन अघि)
  • २६५ पटक पढिएको

दुइ सय तीन  जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

बनेपाको तीनदोबाटोमा रहेको आभाष बचत तथा ऋण सहकारीले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ।

सहकारीले यो बर्ष २०३ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको संस्थाका प्रबन्धक सुवाष वैद्यले जानकारी दिए। संस्थाले २०७४ साल देखि ७० वर्ष उमेर पुग्नुभएका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको उनले बताए।

उनका अनुसार यसवर्ष नारायण प्रसाद बैध उत्कृष्ट बचत गर्ने जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको छ।
यस्तै उत्कृष्ट संस्थापक सदस्यको रुपमा रामेस्वर कर्माचार्य लाई सम्मान गरिको छ।

पनौती र भकुण्डेबेंसी सेवाकेन्द्र मार्फतसमेत वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाले जेष्ठ सदस्यहरुलाई खानेकुरा बिस्कुट , हटकेस र कप उपहार प्रदान गरेको छ। २०७४ साल देखि संस्थाले निरन्तर जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको छ।

प्रबन्धक वैद्यका अनुसार यो वर्ष बनेपा मुख्य कार्यालयबाट १ सय ७५ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी २ सय ३ जनालाई सम्मान गरिएको छ।

सम्मान कार्यक्रमका प्रमुख अतिथी एबम संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आभाषले वर्षेनी ज्येष्ठ नागरिकको सम्मान गर्दै समाजलाई सकारात्मक सन्देश प्रवाह गरेकोमा धन्यवाद दिए।

कार्यक्रममा नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिना , संस्थाका अध्यक्ष ग्रुवेन तौजले, धर्म भत्त प्रधान , लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चलन र सांस्कृतिका वाहक भएकोले आभाष सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेकोमा प्रशंसा गरेका थिए।
सस्थाको स्थापना दिवसको अबसरमा रक्तदान लगाएतको कार्यक्रम आयोजना गरियको थियो उक्त रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको बताइएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष ग्रोबेन तौजलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

खोजी गर्नुहोस