सामुदायिक साकोस कुशादेवी सेवाकेन्द्रमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ आश्विन २, शुक्रबार (२ महिना अघि)
  • २१० पटक पढिएको

सामुदायिक साकोस कुशादेवी सेवाकेन्द्रमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुशादेवी । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कुशादेवी सेवाकेन्द्रको आयोजनामा २०८३ साल असार २ गते पनौती नगरपालिका वडा नं. २ स्थित वडा कार्यालयको सभाहलमा सदस्य अन्तरक्रिया कार्यक्रम (विस्तारित मञ्च) सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष सोमप्रसाद हुमागाई र संस्थाका कोषाध्यक्ष कृष्ण थापाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठले संस्थाको वर्तमान अवस्था तथा सदस्य सेवाबारे विस्तृत जानकारी गराउनुका साथै सदस्यहरूबाट उठेका जिज्ञासा तथा सुझावहरूको सम्बोधन गर्नुभयो । उहाँले सदस्यहरूबाट प्राप्त साथ, सहयोग र सद्भावप्रति हार्दिक आभार पनि व्यक्त गर्नुभयो ।

कुशादेवी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक चित्रबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसमिति सदस्यहरू, सेवाकेन्द्रका कर्मचारीहरू तथा शेयर सदस्यहरू गरी जम्मा १४१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका वरिष्ठ अधिकृत योगबहादुर सापकोटाले दिनुभएको थियो भने सेवाकेन्द्र प्रमुख प्रमोद दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

ताजा अपडेट

खोजी गर्नुहोस