
काभ्रेपलाञ्चोक। कोअपरेटिभ मेनेजर्स क्लब (सिएमसी) काभ्रेपलाञ्चोकले सहकारी संस्थाका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जाली नोट पहिचान तथा हस्ताक्षर प्रमाणीकरणसम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ।
तालिम २०८३ कात्तिक १५ गते आयोजना गरिएको थियो। कार्यक्रमको सहजीकरण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विभागका प्रमुख वैज्ञानिक अधिकृत मुकुल प्रधानले गर्नुभएको थियो भने क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सहकारी संस्थाहरूमा नगद कारोबार र हस्ताक्षरसँग प्रत्यक्ष रूपमा जोडिएका कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो। तालिममा जाली नोट पहिचान गर्ने व्यावहारिक तरिका र हस्ताक्षर प्रमाणीकरणसम्बन्धी प्राविधिक पक्षहरूबारे जानकारी दिइएको थियो।

क्लबले सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरूको दक्षता विकासलाई प्राथमिकता दिँदै नियमित रूपमा विभिन्न विषयका उपयोगी तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।