नयाँ बर्षमा आन्तरिक र बाह्र पर्यटकले भरिभराउ शैलुङ

  • काभ्रे खबर
  • / पर्यटन /
  • २०८२ बैशाख १, सोमबार (२ दिन अघि)
  • ९४ पटक पढिएको

नयाँ बर्षमा आन्तरिक र बाह्र पर्यटकले भरिभराउ शैलुङ

दोलखा /दाेलखाकाे पर्यटकीय स्थल शैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आज आन्तरिक तथा बाह्र पर्यटनको भिडले भरिभराउ भएकाे छ ।
नयाँ वर्षको अवसर पारेर शैलुङमा सोमबार ५० हजार बढी पर्यटन शैलुङ पुगेको अनुमान गरिएको छ । समुन्द्री सतहदेखि ३१ सय ४८ मिटर उचाइमा अवस्थित दोलखाको शैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्र पर्यटनको रोजाइ पर्न थालेको छ।
शैलुङका रमणीय डाँडाहरू नयाँ बर्षकाे पहिलाे दिन बिदेशी र स्वदेशी पर्यटकले भरिएका थिए । शैलुङका रहेकाे शैलुङ्गेश्वर महादेबकाे मन्दिरमा सामुहिक लघु रूद्रि पुजा गरिएकाे थियाे । बरिस्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक काेषाध्यक्ष साेभित उप्रेतीकाे सहयोगमा यहाँ लघु रूद्रि समेत समपन्न भएकाे छ । यहाँ हजारौं पर्यटकहरू बढ्दा यहाँका स्थानियबासीहरू खुसि भएका छन् । नेपालकै यस ठाउँ आकर्षक पर्यटन गन्तव्य बन्न लागेपछि नयाँ नयाँ हाेटलहरू खुल्ने क्रम बढेकाे देख्न सकिन्छ । आजै हजारौंकाे संख्याका सवारी साधनमा पर्यटककाे उपस्थिति रहेकाे र मेलासमेत लागेकाे थियाे । यहाँको बिकास र पर्यटन प्रबर्द्धनका लागि बरिस्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक काेषाध्यक्ष साेभित उप्रेती लगायत स्थानिय जनप्रतिनिधिहरू कम्मर कसेर अगाडि बढिरहेका छन् ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस