धुलिखेल/कर्तव्य ज्यान कसूरमा फरार अपराधी ३१ वर्षपछि पक्राउ परेका छन् । २०५० सालमा हत्या गरी भागेका काभ्रेको हालको चौरीदेउराली गाउँपालिका ३ दूतीका ५७ वर्षे दानबहादुर प्रधानलाई प्रहरीले आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार पठाइएको छ । प्रहरीका अनुसार २०५१ साल वैशाख ७ गते विवादकै क्रममा धारीले चक्कु प्रहार गर्दा उत्तर बहादुर प्रधानको मृत्यु भएको थियो । त्यसपछि दानबहादुर फरारहुँदै आएका थिए । हत्या गर्ने समयमा पक्राउ गरेका प्रधान २६ बर्षको रहेकोमा हाल ५७ बर्षका भएका छन् । उनको कर्तव्य ज्यानको मुद्दाको फैसला २०७६ साल मंसिर २८ गते भएको थियो ।