पाँचखालका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • १८४ पटक पढिएको

पाँचखालका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

पाँचखाल/ काभ्रेपलान्चोक पाँचखाल नगरपालिकाको दुई बिद्यालय का करिब दुई सय विद्यार्थी लाई शैक्षिक सामग्री बितरण गरिएको स्थानीय पवन गौतमले जानकारी दिए ।
पाँचखाल १० नयाँ गाउँ मा रहेको राधाकृष्ण प्राथमिक बिद्यालय र पाँचखाल ७ मा रहेको नारायण स्थान आधारभूत बिद्यालाय को कक्षा १ देखि कक्षा ५ सम्मको विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो


कापी, पेन्सिल कलर , मार्कर कलर ,इलेजर,साप्नर, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
सामग्री बितरण कार्यक्रममा सस्थाको प्रतिनिधि सुपेक्षा न्यौपाने समाजसेवी गौरी दाहाल न्यौपाने नेपाल उधोग वाणिज्य महासघ बागमती प्रदेश सदस्य राजन कार्की वडा सदस्यहरु पुरुषोत्तम लुइँटेल भुवन श्रेष्ठ समाजसेवी यादव साप्कोटा पवन गौतम लगाएत को उपस्थिति रहेको थियो

शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताइएको छ। शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुग्ने छ।
विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको बिधालय प्रशासनले जानकारी दिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस