बनेपामै बिबिए र बिएस्सी सिएसआईटी पढाई हुने

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • १६९ पटक पढिएको

बनेपामै बिबिए र बिएस्सी सिएसआईटी पढाई हुने

बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजले सामुदायिक कलेजमा पहिलोपटक बीबीए र बिएस्सी सिएस आइटी शुरू गरेको छ ।

बनेपा बुडोलको काभ्रे कलेज रहेको स्थानमा बीबीए र बिएस्सी सिएस आइटी पढ़ाई हुनेछ । बजारमा महंगो शुल्क तिरेर पढ्नु पर्ने विषयहरूलाई कलेजले न्युनतम शुल्कमा पढाउने संकल्प गरेको र बीसीएमटीले निर्धारण गरेको शुल्क धेरैको लागि आश्चर्यचकित बनाउने गरी न्युनतम राखिएको सञ्चालक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश सभा सदस्य एव बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समिति अध्यक्ष कन्चन चन्द्र वादेले स्थानीय जनताका छोराछोरीलाई शिक्षा दिन कलेज स्थानपना गरिएको बताए । विगतमा विभिन्न विषयहरु पढ्न नपाएर काठमाडौंसम्म धाएको तीतो यथार्तलाई स्मरण गर्दै स्थानीयले आफ्नै ठाउँमा पढ्न पाउनु खुशीको विषय भएको जानकारी दिए ।

बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्ले कलेज स्थापनना गर्न नगरपालिकाको नेतृत्व निरन्तर लागिपरेकाले कलेज सञ्चालनमा सस्या आउँला कि भन्ने प्रश्नलाई मनबाट हटाइ दिन र बनेपा नगरबासीले सहयोग गर्न आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेपनि दश वर्षसम्म नपाएको बताउदै क्याम्पस प्रमुख केजी बैदारले राजर्शी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएको बताए ।

बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हालसालै स्थापना भएको नाफा रहित सामुदायिक कलेज भएकाले यस कलेजले आफ्‌नै घरदैलोमा पढ्न पाउँ भन्ने दशौं वर्ष अगाडिदेखि रहेको स्थानीय जनताको आकांक्षालाई पुरा गर्न सकेको क्याम्पस सञ्चालनक समितिका उपाध्यक्ष लम्बोदर कायस्थले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस