प्रतिभा उजागर गर्न ‘सेण्टलमआइकन–२०८१’

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ८७ पटक पढिएको

प्रतिभा उजागर गर्न ‘सेण्टलमआइकन–२०८१’

बालबालिकाका प्रतिभा प्रष्फुटन गर्न श्रीखण्डपुरस्थित सेण्टलम एल्बम एकेडमीले आयोजना गरेको ‘सेण्टलम आइकन–२०८१’ को उपाधी नृत्यतर्फ काजल सेन्चुरीले जितेकी छिन् ।

त्यस्तै रूक्सना कोइराला फष्ट रनर अप र मानवी क्षेत्री सेकेण्ड रनरअप भए । नृत्यतर्फ नै प्रवेशिका रेग्मी सेन्टलम सिनियर आइकन, सलिना तामाङ जुनियर विजेता, मोष्ट एकटिभ डान्सको उपाधी जेनिशा रेग्मी, बेष्ट डान्स कम्पोजिसन प्रिती ठाकुर र बेष्ट पर्फरमेन्स अनिशा तामाङले उपाधी पाए ।

चित्रकलातर्फ सेन्टलम लिटिल ड्रइङ आइकन शिभम् कुमार रामले जिते । अनमोल श्रेष्ठ बेष्ट कम्पोजिसन र युसुफ थिङले बेष्ट क्रियशन उपाधी पाए ।

सिनियरतर्फ सेन्टलम ड्रइङ आइकनको उपाधी एलिशा वादीले जितिन् । मोहिशा श्रेष्ठले वेष्ट क्रियशन, राज रानामगरले बेष्ट कम्पोजिसन र कुशल श्रेष्ठले बेष्ट स्केच, श्रीजीत थापा बेष्ट कलर र आयान दाहालले बेष्ट आउटलाइन उपाधी पाए ।

सेन्टलम सिङ्गिङ आइकनतर्फ सलिना शाही ठकुरी विजेता बनिन् । रितिका श्रेष्ठ फष्ट रनर अप, प्रतिक्षा तामाङ सेकेण्ड रनर अप घोषित भए भने बेष्ट भोकलको उपाधी दृष्टि तिमल्सिनाले पाइन् ।

सहभागिहरुको निर्णयकको भुमिका नृत्य निर्देशक नरेन्द्र कोइराला र गायिका योजना खड्गीले गरेका थिए । विजेताहरुलाई विद्यालय सञ्चालक समितिका उपाध्यक्ष सुरज श्रेष्ठ, कोषाध्यक्ष भवसागर रंजित, प्रिन्सिपल अग्नीप्रसाद ज्ञवाली लगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस