काभ्रे शैक्षिक परामर्श संघमा रायमाझीको नेतृत्व

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ आश्विन १०, बिहिबार (३ हप्ता अघि)
  • १५४ पटक पढिएको

काभ्रे शैक्षिक परामर्श संघमा रायमाझीको नेतृत्व

धुलिखेल÷ नेपाल शैक्षिक परामर्श संघ इक्यान काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न प्रथम साधारणसभा एवं अधिवेशनले रायमाझीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा बालकृष्ण न्यौपाने र कोषाध्यक्षमा अशोक तिमल्सिना निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आशिष लामा निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले विदेश जाने विद्यार्थीलाई नेपाल चिनाउन र नेपालको पर्यटनमा भुमिका खेल्ने वातावरण बनाइदिन इक्यानलाई आग्रह गर्नुभयो । सबै विद्यार्थी विदेश जान चाहनुको कारण खोज्नुपर्ने दिन आएको उहाँको भनाइ थियो । पढ्दै कमाउँदै र रमाउँदै अघि बढ्ने वातावरण नहुनु बिद्यार्थी विदेशिनुको कारण रहेको उहाँको भनाइ थियो । कार्यक्रम इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्ब अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो । इक्यान काभ्रेका संयोजक भुवन रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रम इक्यानका केन्द्रीय महासचिव दिपकराज भुसालले सञ्चालन गर्नुभएको थियो ।।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस