च्याम्राङबेंसीमा हाजिरीजवाफ चक्रेश्वर मा.वि. प्रथम

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ फागुन २२, बिहिबार (६ दिन अघि)
  • ४०२ पटक पढिएको

च्याम्राङबेंसीमा हाजिरीजवाफ चक्रेश्वर मा.वि. प्रथम

च्याम्राङ्बेंसी/बेथानचोक गाउँपालिका वार्ड नं १ च्याम्रङबेसी कार्यालयको आयोजनामा भएको वडा भित्रका आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चक्रेश्वर मा.वि. प्रथम भएको छ । यस्तै चन्ददेवी प्राथमिक विद्यालय दोस्रो, भैरव मा.वि. तेस्रो र बाघभैरव प्राथमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १ हजार ५०० नगद, दोस्रो टिमलाई ९०० नगद, तेस्रो हुने टिमलाई रु ४५० नगद र सान्त्वना हुनेलाई रु ३०० नगद र स्टेशरी सामग्रीहरु वितरण गरिएको थियो ।
वडा अध्यक्ष मधुसुधन तिमल्सिनाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोल्दै तिमल्सिनाले प्रतियोगिताले प्रतिभाको जन्म हुने भएकोले विद्यार्थीको प्रतिभालाई उजागर गर्न प्रतियोगिता सहयोगी हुने बताउनु भयो । वडा कार्यालयले शिक्षामा लगानी गर्न कमी नगरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो। सहभागी विद्यालयका प्रधानाध्यापकहरूले वडा कार्यालयको उक्त कार्यक्रम प्रति उत्साहित हुँदै वडा कार्यालयको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा वडाभित्रका चारवटै विद्यालयका प्रधानाध्यापक लगायका शिक्षकहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस