बनेपा / जापानमा अध्ययनको लागि सर्टिफिकेट अफ एलिजिविटी (COE) प्राप्त ६३ विद्यार्थीलाई शनिवार विदाई गरिएको छ ।
शैक्षिक परामर्श संस्था रीच इट लर्निङ सेन्टरमार्फत आवेदन दिएर सिओई प्राप्त ६३ विद्यार्थीलाई संस्थाले एक समारोहमाझ विदाई गरेको हो ।
२०२५ को अप्रिल इन्टेकको लागि आवेदन दिएका ७० मध्ये ६३ जनाको सिओई आएको रीच इट लर्निङ सेन्टरका प्रबन्ध निर्देशक रामसुन्दर थापाले जानकारी दिए । रिच इट काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी सर्टिफिकेट अफ एलिजिविटी (COE) पाउने संस्था दरिएको उनले जानकारी दिए ।
कार्यक्रममा पायोनियर कम्पनी लिमिटेडका अध्यक्ष सुरेश चन्द्र उपाध्यायले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरे ।
संस्थाका अध्यक्ष अमिर बुढाथोकीले जापान जानुअघि र गएपछि गर्नुपर्ने प्रकृया बारे जानकारी गराएका थिए ।
रिच इटका सुजन सुवेदीले जापान अध्ययनका लागि जाने विद्यार्थीहरूको मार्गदर्शन गर्दै सफल शिक्षा यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
समाजसेवी शंकर दास लामाले विदेश जाने विद्यार्थीहरूलाई कठिनाइहरू सामना गर्न मानसिक रूपमा तयार रहन सुझाव दिँदै विदेशमा अध्ययनको क्रममा अनुशासन र लगनशीलता अति आवश्यक रहेको उल्लेख गरे ।
पायोनियर कम्पनी लिमिटेडका निर्देशक सुबास रुपाखेतीले विद्यार्थीहरूलाई जापानमा सफल हुने तरिकाबारे मार्गदर्शन गर्दै जापानमा अध्ययन र काम गर्ने अवसरहरूका साथै त्यहाँको संस्कृतिसँग सामन्जस्य राख्नुपर्ने आवश्यकताबारे जानकारी गराए ।