काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ चैत्र ६, बुधबार (२ हप्ता अघि)
  • २४० पटक पढिएको

काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी

बनेपा / काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी भएको छ।काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको हो।
नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १ सय ५३ को भारी मतले हराउँदै सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २ सय ७२ मत र गौतमले १ सय १९ मत ल्याएका थिए ।

कुल ५ सय ४१ मत मध्ये ३ सय ९६ मत खसेको थियो ।
सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् । काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्वियूले गठबन्धन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस