काभ्रे माध्यमिक विद्यालय पछिल्लो समय के-के गर्दैछ ?
काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोल २०८१ सालदेखी प्रगतिशील शिक्षामा अगाडी बढेकाछौँ । विद्यार्थीहरूको सैद्धान्तिक विकासभन्दा पनि सर्वाङ्गीण विकासको लागि बानी, व्यवहार, आचरण सुधार गर्दै व्यावहारिक शिक्षामा जोड दिइएको छ ।
हामी एक्काइसौँ शताब्दीको कुरा गरिरहेका छौँ । हामी पुरानै शिक्षा पद्धतिमा छौँ र सुधार हुन सकेन भन्ने गुनासोहरू पनि आउँछन् नि ?
यसैको लागि नै हामीले प्रोग्रेसिभ पेडागोजी एजुकेसन सिस्टम लागू गरेका हौँ । यसमा हामी डिजिटल रूपमा नै अगाडि बढ्दैछौँ । विद्यार्थीहरूलाई किताबि ज्ञान सँगसँगै कम्प्युटराइज अटोमेटिक सिस्टमबाट कन्ट्रोल गर्दै नया–ँनयाँ ज्ञान, सीपहरू प्रदान गर्दै अगाडि बढिरहेका छौँ ।
अभिभावकहरूको ज्यादा गुनासो छ, बालबालिकाहरूले किताबभन्दा धेरै मोबाइल हेर्छन् ।
काभ्रे माध्यमिक विद्यालयले डिजिटल शिक्षालाई विशेष जोड दिएको छ । प्रत्येक शिक्षकले हप्ताको दुईपटक डिजिटल माध्यमबाट नै अध्यापन गराउनुपर्ने भन्ने नियम बनाएका छौँ । २०८२ सालदेखी हामी ५० प्रतिशत कक्षाहरू डिजिटल माध्यमबाट नै सञ्चालन गर्नेछौँ । विद्यार्थीहरू पनि डिजिटल अर्थात स्क्रिनिङ भनेपछि आकर्षित हुन्छन् । त्यसकारण हामीले २०८२ सालमा चाहिँ यसरी नै कक्षाहरू सञ्चालन गर्ने निधो गरेका छौँ ।
प्रविधिलाई उच्चतम प्रयोग गर्ने सन्दर्भमा हाम्रा योजना र रणनीतिहरू चाहिँ के–के बन्दैछ ?
डिजिटल विद्यालय बनाउने भन्ने कुरा नै छ सबैको । पहिले लकडाउन हुँदाखेरि विद्यार्थीहरूलाई सिकाईको लागि अनलाइन कक्षाहरू चलाउन हामीले मेसेन्जर ग्रुपहरु बनाएका थियौँ । त्यही ग्रुपबाट सूचनाहरू पठाउने, कक्षाको लिङ्कहरू पठाएर पठनपाठन गराउने गरेका थियौँ । त्यो अहिले पनि चलिरहेकै छ । त्यसलाई हामीले थप परिस्कृत गर्दै अगाडि बढेका छौँ । अहिले चाहिँ विद्यालयलाई नै डिजिटलाइज गर्ने भनेर अगाडि बढेका छौँ ।
तपाईँको विद्यालयको आगामी योजनाहरू चाहिँ के–के छ ?
हामीले शिक्षण पद्धतिलाई पुर्ण रुपमा आधुनिक र व्यवहारिक बनाउँदै लगिरहेका छौँ । पठनपाठन शैलीलाई पनि जोड दिनुपर्छ भनेर हामी लागिरहेको अवस्था छ । विद्यार्थीहरू खाली स्क्रिनिङमा मात्रै जोड दिने किताबमा कम ध्यान दिने भएकाले पठनशैली बिर्सिदै गएको हो कि भन्ने हामीले महसुस गर्यौ । त्यसैले हामीले यस विषयलाई मध्यनजर गर्दै पठनपाठनमा थप कसरी टेवा दिन सकिन्छ भनेर पठन शैली भनेर छुट्टै परियोजना नै लागू गरेका छौँ । अर्को कारखाना भन्ने प्रोजेक्ट पनि लागू गरेका छौँ । पछिल्लो समय प्रोग्रेसिभ पेडागोजीलाई पनि अगाडि बढाएका छौँ । सफ्टवेयरको माध्यमबाट अभिभावकहरूसँग पनि लिङ्क बढाइरहेका छौँ । सूचना दिने र लिने काम त्यहाँबाट भइरहेको छ । विद्यार्थीको सबै रिपोर्टहरु हामीले अभिभावकलाई त्यहीबाट दिन्छौँ । कक्षाकोठाहरूलाई पनि डिजिटलाइज गर्दै जाने भन्ने हाम्रो तयारी छ ।
बालबालिका स्क्रिनमा बढी फोकस भए भनिरहँदा हाम्रो शिक्षण पद्धति नै हामीले स्क्रिनिङमा गराइदिए के हुने ?
यस्तो गर्नको लागि अब हामी अलि बृहत रुपमा नै लाग्नुपर्ने हुन्छ । स्क्रिनको सदुपयोग विद्यार्थीहरूले सही रूपमा गर्नुपर्ने हुन्छ । डिजिटलको कसरी सदुपयोग गर्ने भनेर हामीले विद्यार्थीसँगै अभिभावकलाई पनि ज्ञान दिनुपर्ने हुन्छ । अहिले त्यसमा पूर्णरूपमा काम भइसकेको छैन । स्क्रिन बालबालिकाको हातमा पर्ने बित्तिकै ९० प्रतिशतले दुरुपयोग नै गर्ने गरेको पाइएको छ । त्यो चाहिँ थप चेतना, जानकारी र ज्ञानको अभावले गर्दा पनि यस्तो भएको हो । शिक्षा सम्बन्धी सही वेबसाइटहरूको बारेमा उहाँहरुलाई जानकारी गराउन सकियो भने शतप्रतिशत सदुपयोग गर्न सके उनीहरूको बौद्धिक विकासको लागि प्रयोग हुनेछ ।
स्क्रिनिङमा अभिभावकहरूले नियन्त्रण गर्ने भन्ने कुरामा केही कार्यक्रम चलाउनुभएको छ त ?
गर्छौं । वर्षको दुईपटक अभिभावक शिक्षा कार्यक्रम नै राख्ने गरेका छौँ । विद्यालयको तर्फबाट अभिभावकहरूलाई जानकारी गराउनुपर्ने भन्नुपर्ने कुराहरु सबै गर्छौं । यसको अलावा वर्षको तीन पटक हामी विद्यार्थीहरूको घरमा नै पनि जान्छौं । त्यहाँ हामीले बालबालिकाहरुले दैनिक रुपमा गर्ने क्रियाकलापको बारेमा छलफल गर्छौं । उनीहरूले मोबाइल कति समय चलाउँछन् के–के चलाउँछन् भन्ने कुराको जानकारी पनि लिन्छौं ।
नैतिक शिक्षाको कमी भयो भनेर धेरै गुनासोहरू आउँछन् ? यसमा को चुकेको हो ? अभिभावक, विद्यालय वा सामाजिक संरचना नै त्यस्तै बन्दै गएको हो ?
नैतिकता भन्ने कुरा हाम्रो व्यक्तिको आचरण, धार्मिक, सांस्कृतिक मूल्यमान्यतामा आधारित रहन्छ । यहीँबाट चुकेको हो भनेर हामीले भन्न मिल्दैन । संसार नै कुन गतिमा चलिरहेको छ भन्ने कुरामा निर्धारित हुन्छ वा नैतिक मूल्य मान्यता यसरी कायम हुन्छ । पहिले पहिले नैतिक शिक्षा भनेर विद्यालयगत रूपमा छुट्टै विषय नै हुन्थ्यो । अहिले कुनै पनि विद्यालयमा छैनन् । त्यो विषय अध्ययन हुँदैन । यसका साथै त्यो विषयसँग सम्बन्धित कुराहरू पनि उठाइँदैन । त्यसकारण कलिला भाइबहिनीहरूलाई के गर्नुहुन्छ, गर्नु हुँदैन, के भन्नुहुन्छ, के भन्नु हुँदैन थाहा हुँदैन । ती कुराहरू चाहिँ विद्यालयले नै बालबालिकालाई अलि केन्द्रित गरेर सिकाउने हो भने भविष्यमा नैतिकवान नागरिक बन्छन् भन्ने लाग्छ ।
संस्कारसहितको शिक्षा आजको अपरिहार्यता भन्नेमा काभ्रे माध्यमिक विद्यालयले के–के गर्छ ?
पछिल्लो समय मुल्यमान्यतामा आधारित शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हाम्रो जोड छ । किताब मात्र होइन जीवनमा के–के कुराहरूको मूल्य हुन्छ भनेर सिकाउनुपर्छ ? जसले मित्रता कसरी कायम गर्नुपर्छ, कहाँ के बोल्ने, इन्टरनेटको सदुपयोग जस्ता कुराहरू सिकाउन विद्यार्थी विभाजन गरेका छौँ । कुन महिनामा कुन तहका विद्यार्थीलाई कुन चाहिँ संस्कार सिकाउने, कुन मूल्य मान्यता सिकाउने भन्ने कुरालाई अगाडि बढाइरहेका छौँ । संस्कार पनि सिक्नुपर्छ किताब विज्ञानले मात्र हुँदैन भन्ने कुरालाई विशेष जोड दिइरहेका छौँ ।
सिकाएका चरणहरूलाई कुन माध्यमबाट अगाडि बढाइरहनुभएको छ ?
हाम्रोमा अहिले पिजीदेखि कक्षा १२ सम्म अध्यापन हुन्छ । १२ सय ७० जना विद्यार्थीहरू हुनुहुन्छ । एउटा कक्षा कोठामा प्री प्राइमरीमा २० जना, प्राइमरीमा २५ देखि २८ जना, कक्षा ८ सम्म ३० जना, कक्षा नौ÷दशमा पनि ३० जना र कक्षा ११÷१२ मा ४० जनासम्म विद्यार्थी राख्ने गरेका छौँ । हाम्रोमा विशेषगरी अंग्रेजी माध्यमबाट नै पढाइ हुन्छ । नेपाली र सामाजिक चाहिँ नेपाली माध्यममा नै हुने भयो ।
बोर्ड प्रथम, जिल्ला प्रथम लगायत तपाईँहरूको गर्विलो इतिहास पनि रहेको छ । पछिल्लो अवस्था चाहिँ के छ ?
पछिल्लो समय बोर्ड फस्र्ट भन्ने कुरा चाहिँ गभर्मेन्टले नै हटाएको छ । सिस्टमबाट हटाएता पनि नतिजा हेर्ने हो भने ग्रेडिङ सिस्टम लागू भएपछि पनि राम्रै नतिजाहरु हामीले हात पारिरहेका छौँ । यहाँबाट पास आउट भएर गएका विद्यार्थीहरूले राम्रै गरिरहनुभएको छ । फ्युचरलाई त्यहीअनुसार राम्रो गर्दै जानुभएको छ । उहाँहरूको भविष्य महत्त्वपूर्ण ठाउँमा नै पुगिरहेको हामीले देखेका छौँ । त्यसमा हामीलाई गर्व छ ।
नयाँ भर्ना सुरु हुँदैछ ? तयारी के छ ?
नयाँ भर्ना खुल्यो भन्ने सामान्य प्रारम्भिक जानकारी हामीले अभिभावकसँग पु¥याउँदै छौँ । हामीले धेरै विद्यार्थी लिनेभन्दा पनि निश्चित कोटामा भर्ना लिनेछौ । त्यहीअनुसार नै हामी भर्नाका प्रक्रियाहरूलाई अगाडि बढाउनेछ । अहिलेसम्मको लागि प्रारम्भिक तयारी गरिरहेका छौँ ।
थप सुविधाका कुरा गरौँ न ?
हामीले विभिन्न सुविधाहरू पनि प्रदान गरिरहेका छौँ । यातायातको कुरा गर्दा हामीसँग जम्मा सातवटा गाडी रहेको छ । पूर्वमा केराघारी, पश्चिममा साँगा, दक्षिणमा पनौती र उत्तरमा नालाबाट विद्यार्थीहरू ल्याउँछौँ । गाडीहरू सुविधायुक्त नै छन् । उहाँहरुलाई आउन जानको लागि सहज होस् भनेर हामीले यस्तो वातावरण निर्माण पनि गरिदिएका छौँ । छात्रवृत्तिको कुरामा चाहिँ सरकारको नियमअनुसार नै जम्मा विद्यार्थीको १० प्रतिशत प्रदान गर्दै आएका छौँ । गरिब जेहनदारको लागि वडाबाट आएको सिफारिसका आधारमा पनि हामीले छात्रवृत्तिहरू प्रदान गर्छौ ।
स्थानीय सरकारसँग तपाईँहरूको समन्वय कतिको छ ?
स्थानीय सरकारसँगको हाम्रो समन्वय सहकार्य राम्रो नै छ । उहाँहरुले केही विद्यार्थीहरू सिफारिस गरेर पनि पठाउनुहुन्छ । हामी त्यसमा समन्वय गर्छौ । पानी, बिजुली, बाटो सबैको व्यवस्थापनमा स्थानीय सरकारले नै अहम भूमिका खेलेको छ । त्यसमा हामी स्थानीय सरकारप्रति धेरै आभारी छौँ ।
तपाईँहरूको छाता संगठनमा आबद्धता पनि होला नि ? उहाँहरूसँगको सहकार्य चाहिँ कस्तो छ ?
छ । गत वर्षसम्म बनेपामा प्याब्सनको नेतृत्व मैले नै लिइरहेको थिए । अध्यक्ष पदमा रहेर भूमिका निर्वाह गरिरहेको थिए । निजी विद्यालयलाई समन्वय, नियमन र सहयोग गर्ने निकाय हो प्याब्सन । हाम्रो उहाँहरुसँग निकै राम्रो सहकार्य रहेको छ ।
प्याब्सनले बहस पैरवीको काम मात्रै गर्ने हो कि ? विद्यालयको शिक्षण सिकाइ र शैक्षिक गतिविधिमा पनि संलग्न हुन्छ ?
प्याब्सन विद्यालयको सर्वाङ्गीण विकासमा संलग्न हुन्छ । वार्षिक क्यालेन्डर बनाउन पनि सहयोग गर्छ । अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न पनि समन्वय सहकार्य गर्ने गर्छ । परीक्षाहरू सञ्चालन पनि गर्छ । विद्यालयको मूल्याङ्कन पनि गर्छ । प्याब्सन हाम्रो छाता संगठन भएकाले हामीलाई छाता ओडाइरहेको छ ।
शुल्क महँगो भयो, पुस्तक पनि महँगो, पोशाकहरू धेरै थरी राखियो । यसले अभिभावकको ढाड सेक्ने काम भयो भन्ने गुनासोहरू पनि आउँछन् ?
पक्कै पनि आँउछ । हामीले भन्दा निकै महँगो लिने विद्यालयहरू पनि छन् । काभ्रे बनेपाको सन्दर्भमा चाहिँ त्यस्तो धेरै महँगो शुल्कहरु राख्ने, त्यति धेरै पोशाकहरू राख्ने विद्यालय खासै छैनन् । हिजोआजको वातावरण हिलो, धुवा, धुलो हुने भएको कारणले गर्दाखेरि पनि दुई÷तीन जोडी कपडा त चाहिहाल्यो । पुस्तकहरू पनि त्यति धेरै छैन । सरकारले निर्धारण गरेको करिकुलमसम्म पुग्ने खालका मात्रै छन् । अभिभावकलाई त्यति धेरै आर्थिक भार पर्ने खालको छैन । बनेपा पेरिफेरीका अरु विद्यालयमा पनि त्यति धेरै छैन जस्तो लाग्छ मलाई । बनेपा क्षेत्रका निजी विद्यालयमा शुल्कको कुरामा पनि धेरै फरक छैन । दुई चार÷सय मात्रै तल माथि हुन्छ । प्रदान गर्ने सुविधाको आधारमा केही तलमाथि होला ।
साँघुरो कक्षा, कोठा हावाको ओहोरदोहोर हुने पर्याप्तताको कमी, घाम नलाग्ने, साँघुरो कम्पाउन्ड, पर्याप्त खेलमैदान नहुने जस्ता गुनासोे निजी विद्यालयले बेहोर्दै आएका हुन् नि !
हाम्रोमा यो समस्या छैन । हामीले अहिले एउटा विल्डिङ बनाएका छौँ । जुन सरकारले निर्धारण गरेको नियम अनुसार नै बनेको छ । ठूला कोठाहरू भएकाले हावाको पर्याप्तता रहेको छ । शान्त वातावरण छ । हामीसँग लेभलअनुसार विद्यार्थीहरुको लागी चारवटा ग्राउन्डहरू छन् । हामीसँग अहिले फुटबल ग्राउन्ड चाहिँ छैन । त्यसको लागि चाहिँ हामी जग्गा लिजमा लिएर भएपनि गर्ने कि भनेर प्रयासमा छौँ ।
भर्ना छनोटको समय पनि छ । अभिभावकहरूले के–के कुरामा ध्यान दियो भने पछुताउनु पर्दैन ?
पहिलो कुरा त शिक्षण पद्धतिलाई ध्यान दिनुपर्यो । संस्कार, मूल्यमान्यतालाई कतिको ध्यानमा राखेर शिक्षण गरिरहेको छ, त्यो पनि हेर्नुपर्यो । आफ्नो आर्थिक स्थितिलाई पनि ध्यानमा राख्नुपर्छ । जसको लागि कुनै विद्यालयमा छात्रवृद्धिहरूको व्यवस्था राम्रो छ छैन भन्ने कुराहरु पनि हेर्न सकिन्छ । अनुभवी र मेहनती शिक्षकहरू कुन विद्यालयमा हुनुहुन्छ भन्ने कुराहरुलाई पनि हेर्न जरुरी छ । यस्ता कुराहरूलाई मध्यनजर गर्न सक्यो भने अभिभावकहरू पछुताउनु पर्दैन ?
अभिभावकहरूले काभ्रे माध्यमिक विद्यालय नै किन रोज्ने ?
पहिलो कुरा त काभ्रे माध्यमिक विद्यालय नाफारहित शैक्षिक संस्था हो । जति पनि अभिभावकहरूले शुल्क तिर्नुहुन्छ त्यो विद्यार्थी, विद्यालय र यही क्षेत्रको हितको लागि खर्च हुन्छ । अर्को चाहिँ हामी डिजिटल शिक्षा प्रदान गर्छौ, मूल्यमान्यतामा आधारित शिक्षा प्रदान गर्छौ । पठनशैलीलाई विशेष ध्यान दिन्छौँ । थप किताबहरूको लागि रनिङ लाइब्रेरीको रुपमा सञ्चालन गरेका छौँ । हरेक १५÷१५ दिनमा पढ्ने र त्यसको बारेमा समिक्षा गर्ने गछौँ ।