वडाकाे पहलमा पढ्दै सिप सिक्दै बिद्यार्थीहरू

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८१ चैत्र २९, शुक्रबार (२ दिन अघि)
  • १७८ पटक पढिएको

वडाकाे पहलमा पढ्दै सिप सिक्दै बिद्यार्थीहरू

दाेलखा,।दाेलखाकाे भिमेश्वर नगरपालिका वडा -७काे पहलमा बिद्यार्थीहरूलाई पढ्दै सिक्दै गर्ने कार्य अगाडि बढाएकाे छ । यस वडाकाे कुटीडाँडा माविका विद्यार्थीहरुलाई सीपमूलक तालिमको व्यवस्था गरिएको वडा अध्यक्ष बिनाेद तमाङले बताउनु भयाे । भीमेश्वर नगरपालिका–७ वडा कार्यालयले कुटीडाँडा माविका ३०जना विद्यार्थीहरुलाई बरिष्टा (कफी मास्टर) तालिम प्रदान गरिएको छ ।
पढाई सँगसँगै सीप पनि चाहिने भएकाले कक्षा ११ र १२ मा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई तालिम प्रदान गरेको भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङ तामाङले बताउनुु भयो ।
तालिममा सहभागी बिद्यार्थीहरू भन्छन्, केही बुझेकाे र पढेकाे जनप्रतिनिधि हुँदा केही गराैं भन्ने भाबनाबाट प्रेरित भइ यस्ता सिपमुलक तालिमले बेरोजगार युवायुवतीलाई निकै नै महत्त्वपूर्ण सहयोग पुग्ने बताए । तालिममा सहभागी बिद्यार्थी सुजन तमाङ भन्छन् याे तालिमले हामीले कफिसप खाेल्न , तुरुन्तै काममा लाग्न र उद्दमी बन्न समेत उत्प्रेरणा जागेकाे बताउनु भयाे ।
उच्च शिक्षा अध्ययनपछि आयआर्जनको लागि सीपमूलक तालिम आवश्यकता भएकाले आर्थिक वर्ष ०८१/८२ को बजेट तथा कार्यक्रमबाट बरिष्टा तालिम आयोजना गरिएको वडाअध्यक्ष तामाङले बताउनु भयो ।
चैत्र १७ गतेदेखि १० दिने तालिम आज सम्पन्न भएको छ । तालिम समापन समारोह वडाअध्यक्ष विनोद तामाङको अध्यक्षता र बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, कुटीडाँडा माविका प्रधानाध्यापक इश्वर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम प्रकाश उप्रेतीले प्रदान गर्नुभएको थियो ।
तालिम समापन समारोह स्थाल रमाइलो घर रिसोर्ट चोथाङमा सहभागीहरुले आफूले सिकेका विभिन्न प्रकारका कफि प्रदर्शनीमा राखिएका थिए । अहिले स्वदेश तथा विदेशमा समेत बरिष्टाको उच्च माग रहेको छ ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

खोजी गर्नुहोस