डालासा नेपथ्यकाे कन्सर्ट

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ भाद्र १०, सोमबार (१ महिना अघि)
  • ५८ पटक पढिएको

डालासा नेपथ्यकाे कन्सर्ट

अमेरिकामा सांगीतिक टुर गरिरहेको चर्चित नेपाली लोकरक ब्यान्ड नेपथ्यले सोमबार साँझ डालासमा सांगीतिक कार्यक्रमम गरेको छ। अमेरिकामा नेपथ्यको चौथो कन्सर्ट हेर्न उल्लेख्य मात्र नेपाली संगीत प्रेमीको डालासस्थित टोयोटा म्युजिक फ्याक्ट्रीमामा भीड लागेको थियो

बेलुकी ठीक साढे आठ बजे सुरु भएको कर्याक्रममा नेपथ्यले लोक–रक भाकाहरू लगातार दुई घन्टासम्म गाउँदै दर्शकलाई नचाएको थियो। गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे।

‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो।

नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो। कन्सर्ट सकिएपछि पनि दर्शकहरूमा उत्साहको लहर कायमै थियो।

‘मानिसहरू हरेक कुरामा पुस्तापिच्छे आउने अन्तर ९जेनरेसन ग्याप० को कुरा गर्छन्,’ इशुले थपिन्, ‘तर, राम्रा कुराहरू कुनै कालखण्डमा नबाँधिएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुने गर्छ भन्ने कुराको प्रमाण यो कन्सर्ट बन्न पुगेको छ।’

कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डिसीदेखि आउने सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए । नेपथ्यको कन्सर्ट हेर्नका लागि गरिने खर्चको एक एक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्यान्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने अठोट जताए। कन्सर्ट सकिएपछि पनि अबेरसम्म आयोजनास्थल वरपर नेपालीहरू रमाउँदै गरेका देखिन्थे।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

डालासको कन्सर्टमा स्थानीय आयोजकहरूले गरेको लामो समयदेखिको तयारी पनि उत्तिकै प्रभावकारी रूपमा झल्किन्थ्यो। ‘हामीले गरेका मेहनतको चिताएभन्दा राम्रो परिणाम प्राप्त भएको छ,’ डालासका आयोजक अनि यो वर्ष ब्यान्डको सिंगो अमेरिका यात्राकै संयोजक विपिन थकालीको प्रतिक्रिया थियो, ‘यति भव्य कन्सर्टमार्फत दर्शक र नेपथ्यको बीचमा साँघु बन्न पाउँदा हामी स्वयं पनि गर्व महसुस गर्न थालेका छौं।’

आयोजक टोलीकै निश्चल बज्राचार्यले विपिनको कुरामा सहमति जनाउँदै थपे, ‘यो कार्यक्रमले नेपाली कार्यक्रम आयोजनाका लागि नयाँ मापदण्ड खडा गरिदिएको छ ।’

नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौं प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ। यसअघि पनि पटकपटक आफुलाई यस सहरमा भव्यतासाथ उभ्याइसकेको नेपथ्यले यसपाला म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा कन्सर्ट प्रस्तुत गर्दैछ।

त्यहाँ आठ वर्षको अन्तरालपछि अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुन लागेको हो । पहिलो पटक प्रस्तुत हुन लागेको यो हलमा तीन हजार दर्शक अटाउने क्षमता छ ।

न्युयोर्कका नेपाली दर्शकहरूलाई फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ।

न्युयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिनेछ। अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस