दिनेश डिसी बने विकास बोर्डको अध्यक्ष

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • ८० पटक पढिएको

दिनेश डिसी बने विकास बोर्डको अध्यक्ष

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय सरकारले हो।

डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन्। उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट नेपाली रंगमञ्चमा डेब्यु गरेका थिए।

डिसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस